अन्तिम १ बलमा १ रन आवश्यक: हैदरावादले चौका हान्दा मुम्बई पराजित

Posted on: 13 Apr, 2018

आइपिएल ११ अन्तर्गत आजको खेलमा सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई १ विकेटले पराजित गरेको छ । भारतको राजीव गांधी स्टेडियममा भएको खेलमा मुम्बईले दिएको १४८ रनको लक्ष्य हैदरावादले पुरा अन्तिम ओभरको अन्तिम बलमा चौका हान्दै जित हात पारेको हो ।

यस अघि सनराइजर्स हैदराबादले टस जितेर बलिङको फैसला लिएको थियो । त्यस पछि ब्याटिङ गरेको मुंबईले २० ओभरमा ८ विकेट गुमाई १४७ रन जोडेको थियो । खेलमा मुंबईका कोईपनि ब्याट्सम्यानले ३० भन्दा बढी रन जोड्न सकेनन् ।  उसको लागि ईविन लुइसले सबैभन्दा बढी २९, काइरन पोलार्ड र सूर्यकुमार यादवले २८/२८ रनको पारी खेलेका थिए । यस्तै कप्तान रोहित शर्माले ११ रन मात्र बनाउन सके । यस क्रममा हैदराबादका सन्दीप शर्मा, बेन स्टेनलेक र सिद्धार्थ कोलले २-२ विकेट लिए । त्यस्तै रशिद खानले सबैभन्दा राम्रो पर्दर्शन गर्दै ४ ओभरमा १३ रन मात्र दिएर १ विकेट लिएका थिए । 


१४८ रनको लक्ष्य पाएर ब्याटिङ गर्न आएको हैदरावादलाई निकै दवाबमा राखेको मुम्बईका लागि मुंबईका बलर मयंक मार्कंडेले ४ विकेट लिएका थिए । उनले रिद्धिमान साहा, शिखर धवन, मनीष पान्डे र शाकिब अल हसनलाई आउट गरेका हुन् । मार्कंडेले यस अघिको खेलमा चेन्नईबिरद्ध ३ विकेट लिएका थिए । हैदरावादका लागि शिखर धावनले ४५ रन बनाए , उनले २८ बलमा ८ चौका हानेका थिए । त्यस्तै दिपक हुडाले नट आउट रही ३२ रन, वृद्धिमान साहले २२ रन बनाए । खेलमा १४८ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम ओभरमा हैदरावादलाई ११ रन आवश्यक थियो । अन्तिम ओभरमा १ वाइड, दिपक हुडामार्फत १ छक्का र तीन रन जोडियो जति बेला १९.५ ओभरको खेल सकिएको थियो र १ रन आवश्यक थियो जसलाई पुरा गर्न बिल्ली स्टनलेकले चौका हान्दा हैदरावादले मुम्बईलाई १ विकेटले पराजित गर्न सफल बन्यो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!