आइपिएल ११ - विराट कोहोलीको टिमले पन्जावलाई हराउँदा अनुष्का शर्मा उत्साहित (हेर्नुस् तश्विरहरु)

Posted on: 14 Apr, 2018

बैशाख १, काठमाडौँ | आइपीएलको ११ औं संस्करणको खेल अन्तर्गत भएको खेलमा रोयल च्यालेंजर्स ब्यांग्लोरले किंग्स इलाभेन पंजावलाई ४ विकेटले पराजित गरेको छ । ब्यांग्लोरले पंजावले दिएको १५६ रनको लक्ष्य खेलको अन्तिम ओभरको खेलमा ३ बल बाँकी छँदा पुरा गरेको हो । 

रोयल च्यालेंजर्स ब्यांग्लोरले टस जितेर फिल्ड रोजेपछी किंग्स इलाभेन पंजावले पहिले ब्याटिङ गर्दै ब्यांग्लोरलाई १९.१ ओभरमा आल आउट भई १५६ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य जोड्ने क्रममा पन्जाबका ब्याट्सम्यान केएल राहुलले सर्वाधिक ४७ रन बनाए । राहुलले ३० बलमा २ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै पंजावका लागि रविचंद्र अश्विनले ३३ रन जोडे । अश्विनले २१ बलमा ३ चौका र १ छक्का हानेका थिए । त्यस्तै करुण नायरले २९ रन, मयंक अग्रवालले १५ रन जोडे भने बाँकी खेलाडीले ७ रन भन्दा बढी जोड्न सकेनन् । पंजावलाई अलआउट गर्ने क्रममा ब्यांग्लोरका उमेश यादवले तीन विकेट, क्रिस वोक्स, कुलवन्त खेजरोलिया र वाशिंगटन सुन्दरले २/२ विकेट लिएका थिए । त्यस्तै युजवेन्द्र चहलले एक विकेट लिए ।


खेलमा १५६ रनको लक्ष्य पछ्याउँ खेलमा आएको रोयल च्यालेंजर्स ब्यांग्लोरको लागि खेलको पहिलो ओभरको दोश्रो बलमै ब्रैंडन म्याकुलम आउट भए । तर उनीसंगै ओपनिङ ब्याट्सम्यान क्विंटन डिककले ४५ रन बनाए । उनले ७ चौका र १ छक्का हानेका थिए । त्यस्तै बिराट कोहोलीले २१ रन बनाए भने सरफराज खानले कुनै रन नजोड्दै आउट भए । खेलमा कमजोर बनिसकेको ब्यांग्लोरलाई एबी डेविलियर्सको सर्वाधिक ५७ रनले सम्मानजनक अवस्थामा ल्यायो । उनले ४० बलमा २ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै खेलमा मन्दिप सिङले २२ रन जोडे भने नट आउट रही क्रिस वोकेजले १ रन र वासिंगटन सुन्दरले ९ रन बनाएर ब्यांग्लोरलाई जित दिलाए ।  

ब्यांग्लोरका ब्याट्सम्यानहरुको विकेट लिने क्रममा पन्जाबका कप्तान रविनचद्रन अश्विनले २ विकेट लिए भने मुजीब उर रहमान, आन्द्रे टे, मयांक डागर र अक्षर पटेलले १/१ विकेट लिए । 

खेलमा रोयल च्यालेन्जर्सका क्याप्टेन बिराट कोहोलीकि श्रीमती समेत रहेकी बलिउड नायिका अनुष्का शर्मा निकै उत्साहित बन्दै खेल हेरेकी थिइन् । उनि सहित अर्की अभिनेत्री प्रिती जिन्टाले पनि आफ्नो टिमको खेलमा खुसि साटेकी थिइन् । 

IPL: Anushka Sharma actor and wife of Virat Kohli of the Royal Challengers Bangalore during match eight of the Vivo Indian Premier League 2018 (IPL 2018) between the Royal Challengers Bangalore and the Kings XI Punjab held at the M. Chinnaswamy Stadium in Bangalore on the 13th April 2018. Photo by: Sandeep Shetty / IPL/ SPORTZPICS


Photo: iplt20.com 

यस बिषयमा तपाइको प्रतिक्रिया...!