कोहलीको टिम ब्यांग्लोर राजस्थानद्वारा पराजित, राजस्थानद्वारा नयाँ रेकर्ड

Posted on: 15 Apr, 2018

वैशाख २, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई १९ रनले पराजित गरेको छ ।

२१८ रनको लक्ष्य पछ्याएकोब्यांग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १९८ रन मात्र बनाउन सक्दा १९ रनले पराजित हुन पुग्यो ।

उसका लागि कप्तान विराट कोहलीले अर्धशतक बनाएपनि हार टार्न भने सकेनन् । उनी ५७ रनमा आउट भए । त्यस्तै मनदीप सिंहले ३७ र वासिङटन सुन्दरले ३५ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले सञ्जु सामसनको उत्कृष्ट ब्याटिङको मदतमा २० ओभरमा ४ विकेट गुमाएर २१७ रन बनाएको थियो । सामसनले ४५ बलमा अविजित ९२ रन बनाए । अजिक्या रहानेले ३६ रनको योगदान दिए ।


आइपीएल २०१८ मा आज राजस्थान रोयल्सले सर्वाधिक रनको लक्ष्य प्रस्तुत गर्दै नयाँ रेकर्ड समेत राखेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!