बिसिसिए कप क्रिकेटको उपाधी त्रिपुराद्वारा कब्जा

Posted on: 16 Apr, 2018

नरी बडु | बैसाख ३, बैतडी । त्रिपुरा क्रिकेट क्लवले बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको १७ औं संस्करणको उपाधी कब्जा गरेको छ । निंगलाशैनी खेल मैदान, देहिमाण्डौंमा भएको उपाधी भिडन्तमा जेएवाईसी,थालिगाडालाई २७ रनले पाखालाई लगाउदै त्रिपुराले उपाधी रक्षा गरेको हो ।

टस जितेर पहिला ब्याटिंग गरेको त्रिपुराले निर्धा्रित २० ओभरमा ६ विकेटको क्षतीमा १९२ रन बनायो । जसमा सञ्जय धामीले अर्धसतकिय पारी खेल्दै ५३ रन जोडे भने तेज चन्दले ४८ रनको योगदान गरे । थालिगाडाका राम चन्दले ३ तथा जितेन्द्र रावलले २ विकेट हात पारे । १९३ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको थालिगाडाले निर्धा्रित २० ओभरमा ९ विकेटको क्षतीमा १६५ रन मात्र जोड्न सक्यो । भरत चन्दले ३६ तथा जितेन्द्र रावलले २४ रनको योगदान गरेपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा थालिगाडाले उप विजेतामै चित्त बुझाउन बाध्य भयो । त्रिपुराका लागी म्यान अफ द फाईनल तेज चन्दले २ विकेट हात पारे । यस्तै मुकेश मौनी र गणेश थापाले पनि समान दुई दुई विकेट प्राप्त गरे ।


उपाधीसंगै त्रिपुराले नगद ३० हजार , उपविजेता थालिगाडाले नगद २० हजार ट्रफी र प्रमाणपत्र पाएको छ । यसैबिच प्रतियोगिताभरी उत्कृष्ट प्रदर्शन गर्ने त्रिपुराका तेज चन्द म्यान अफ द सिरिज घोषित हुदै नगद ५ हजार ट्रफी र प्रमाणपत्र हात पारे । उनले प्रतियोगिताभरी सर्वा्धिक २ सय रन तथा ५ विकेट हात पारेका थिए । यस्तै प्रतियोगिताभरी उत्कृष्ट बलिङ गरेर १५ विकेट हात पारेका त्रिपुराका गणेश थापा उत्कृष्ट बलर चुनिए भने प्रतियोगितामा १०३ रन बनाउने थालिगाडाका राम चन्द उत्कृष्ट ब्याट्सम्यान घोषित भए । निंगलाशैनी क्रिकेट क्लव, देहिमाण्डौंका गजेन्द्र बोहरा उदयीमान खेलाडीका रुपमा सम्मानित भए । उनले एकै ईनिंगमा ५५ बलको सहायतामा १४३ रनको पारी खेलेका थिए ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजना सम्पन्न भएको प्रतियोगितामा जिल्लाका १६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता उपविजेता टोली तथा उत्कृष्ट खेलाडीलाई एक कार्यक्रमका बिच पुरस्कार बितरण गरिएको छ । दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापा प्रमुख अतिथि रहनुभएका समापन समारोहको अध्यक्षता बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लाल बहादुर चन्दले गर्नुभएको थियो ।

समापन समारोहमा बोल्नुहुदै दशरथचन्द नगरपालिकाका प्रमुख थापाले क्रिकेटको विकासका लागी आफु कटिबद्ध रहेको बताउनुभयो । क्रिकेटको विकासका लागी नगरपालिकाले बढी भन्दा बढी सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । यस्तै बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष चन्दले क्रिकेटको विकासका लागी प्रगियोगिता आयेजना गरिएको भएपनि उपयुक्त खेलमैदानको अभाव सधै खड्किरहने उहाँको भनाई रहेको छ । देश संघिय संरचनामा गईसकेपछी अबका दिनमा यस्ता प्रतियोगिता सञ्चालन गर्न स्थानिय तहले अग्रसर हुनुपर्नेमा उहाँको जोड रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!