कप्तानी सम्हालेको पहिलो खेलमै श्रेयस चम्कँदा कोलकातालाई २२० रनको लक्ष्य

Posted on: 27 Apr, 2018

वैशाख १४, काठमाडौँ | आईपिएल सिजन ११ अन्तर्गत २६ औं खेल अन्तर्गत अहिले दिल्ली डेयरडीभल्स र कोलकाता बीच खेल जारी छ | खेलको पहिलो इनिंग तर्फ टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पन्जावलाई २२० रनको लक्ष्य प्रस्तुत गरेको छ | 

खेलमा दिल्लीले ४ विकेटको क्षेतीमा २१९ रन बनाउने क्रममा उसका लागि पहिलो कप्तानी डेब्यु गरेका श्रेयस येयरले सर्वाधिक ९३ रन जोडेका छन् | उनले नट आउट ४० बलमै १० छक्का र ३ चौका प्रहार गर्दै ९३ रन जोडेका हुन् | त्यस्तै खेलमा ओपनर पृथ्वी सावले ४४ बलमा ६२ रन जोडेका थिए | उनले ७ चौका र २ छक्का प्रहार गरेका थिए | त्यस्तै खेलमा ओपनर कोलिन मुनरोले १८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन जोडे | त्यस्तै चौथो ब्याट्सम्यानका रुपमा आएका ग्लेन म्याक्सवेलले १८ बलमा २७ रन जोडेर रन आउट भएका थिए | त्यस्तै खेलमा रिशव पन्तले कुनै रन जोड्न सकेनन् |

खेलमा दिल्लीको विकेट लिने क्रममा कोलकाताका पियुस चावला, शिवम मावी र मिचेल जोनसनले १/१ विकेट लिएका थिए | 


अब दोश्रो इनीङमा दिल्लीले दिएको २२० रनको लक्ष्यलाई कोलकाता नाइटराईडर्सले पछ्याउनेछ | यस अघिको खेलमा कोलकाता नाइटराइडर्सले दिल्ली डेयरडेभल्सलाई ७१ रनले पराजित गरेको थियो | त्यसैको बदला आजको खेलमा लिने सोचमा दिल्लीले सानदार ब्याटिङ गरेको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!