विराट कोहलीको टिम ब्यांग्लोरको पाँचौं हार, कोलकाताले ६ विकेटले हरायो

Posted on: 30 Apr, 2018

वैशाख १७, काठमाडौँ | आईपीएल-११ को २९ औं खेलमा आज रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई कोलकाता नाइट राइडर्सले ६ विकेटले पराजित गरेको छ | खेलमा ब्यांग्लोरले दिएको १७६ रनको लक्ष्य कोलकाता नाइटराइडर्सले १९.१ ओभरको खेलमा ४ विकेट गुमाई उक्त लक्ष्य पुरा गर्दै ब्यांग्लोरलाई पराजित गरेको हो | 


खेलमा टस हारेर पहिले ब्याटिङ गरेको  रोयल च्यालेन्जर्स ब्यांग्लोरका लागि ओपनर ब्रैंडन मैकुलम र क्विंटन डीककले ८ ओभरमा ६७ रनको साझेदारी गरेका थिए । डीककलाई २९ रन जोड्दा कोलकाताका कुलदीप यादवले आउट गरे । उनि पछी मैकुलम ३८ र मनन वोहरा १ रन बनाएर आउट भए । उनीहरुलाई आन्द्रे रसेलले आउट गरेका थिए ।

त्यस्तै खेलमा कप्तान विराट कोहलीले नट आउट रही ६८ रन जम्मा पारे । ४४ बलको सामना गरेका उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै मन्दिप सिंह ११ बलमा १९ रन बनाएर आउट भए भने नट आउट रही कोलिन डी ग्रेण्डहोमले ११ रन जोड्दै रोयल च्यालेन्जर्स ब्यांग्लोरको स्कोर ४ विकेटको क्षेतिमा १७५ रन बनाएको थियो । 

तश्विरमा: ब्यांग्लोरका कप्तान बिराट कोहलीकि पत्नी अभिनेत्री अनुष्का शर्मा ।

रोयल च्यालेन्जर्स ब्यांग्लोरले दिएको १७६ रन पछ्याउने क्रममा कोलकाता नाइटराइडर्सले खेल्न सुरु गर्यो तर खेलमा ६.३ ओभर पछि बर्षाले केहि बेर खेल प्रभावित पार्यो । त्यति बेलासम्म कुनै विकेट गिरेको थिएन तर बर्षा पछीको खेल लगत्तै ७.१ ओभरमा कोलकाताको पहिलो विकेट गिर्यो । खेलमा कोलकाताका लागि क्रिस लिनले नट आउट रही सर्वाधिक ६२ रन, सुनिल नारिनेले १९ बलमा २७ रन, रोबिन उथप्पाले २१ बलमा ३६ रन, नितिश राना १० बलमा १५ रन बनाई घाईते भएपछि रिटाएर्ड भए भने त्यसपछि आएका आन्द्रे रुसेल पहिलो बलमै बिना रन आउट भए ।


त्यस्तै नट आउट दिनेश कार्तिक २३ रनमा आउट भए । त्यसपछि आएका शुभ मानगिल ले नट आउट २ बलमा ५ रन बनाए । यसरी कहल्मा ५ बल खेल्न बाँकी छँदा कोलकाताले लक्ष्य पुरा गर्दै ४ विकेटको क्षेतीमा १७६ रनको पुरा गरेको थियो |  

कोलकाताको विकेट पतन गराउने क्रममा ब्यांग्लोरका मोहम्मद सिरजले विकेट लिए भने मुरुगान आश्विनले २ विकेट लिएका थिए । 


कोलकातासँग खेल्नको लागि आज रोयल च्यालेन्जर्स ब्यांग्लोरले ४ जना खेलाडी बदलेको थियो । उसको ब्याट्सम्यान एबी डिविलियर्स बिरामी भएका कारण खेलमा आउन सकेनन् । ब्यांग्लोरका कप्तान विराट कोहलीले चार खेलाडी परिवर्तन गर्दै ब्रैन्डन मैकुलम, टिम साउदी, मनन वोहरा र मुरुगन अश्विनलाई टीममा सामेल गरेका थिए । उसका डिविलियर्ससँगै पवन नेगी, कोरी एन्डरसन र वाशिंगटन सुंदर बाहिरिएका थिए । तर कोलकाताको आइतबार रातिको खेलमा कुनै परिवर्तन गरेको थिएन ।

यस अघि ६ खेल खेलेको ब्यांग्लोरको आज सहित पाँचौं हार हो | आजको खेलमा ब्यांग्लोरलाई पराजित गर्दै कोलकाता सिजनको चौथो स्थानमा छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!