आईपिएलमा चेन्नईले दियो दिल्लीलाई २१२ रनको लक्ष्य, अब दिल्ली ब्याटिङ गर्दै

Posted on: 30 Apr, 2018

वैशाख १७, काठमाडौँ | अहिले जारी आईपिएल क्रिकेट सिजनको २८ औं खेलमा चेन्नई सुपर किंग्स र दिल्ली डेयरडेभल्सबीच क्रिकेट जारी छ | खेलमा टस जितेर पहिले फिल्डीङ रोजेको दिल्लीलाई चेन्नईले २१२ रनको लक्ष्य दिएको छ | 


चेन्नईले पहिले ब्याटिङ गर्दै पुरा ओभरमा ४ विकेट गुमाई २११ रन जोडेको थियो | चेन्नईको लागि ओपनर सेन वाटसनले सर्वाधिक ७८ रन बनाए | वाटसनले ४० बलमै ७ छक्का र ४ चौका प्रहार गर्दै ७८ रन बनाएका हुन् | त्यस्तै ओपनर फाफडुप्लेसिसले ३३ बलमा ३३ रन जोडे | त्यसपछि आएका सुरेश रैना भने २ बलमा १ रन मात्र जोडेर आउट भए |

त्यस पछी आएका अम्बाती रायाडूले २४ बलमा ४१ रन जोडेर रन आउट भए | खेलमा नट आउट रही चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले अर्धसतक पारी खेल्दै २२ बलमा ५१ रन जोडे | यसरी चेन्नईले २११ रन बनाई दिल्लीलाई २१२ रनको लक्ष्य प्रस्तुत गर्यो | चेन्नईको विकेट लिने क्रममा दिल्लीका लागि अमित मिश्र, विजय शंकर र ग्लेन म्याक्सवेलले १/१ विकेट लिएका थिए | 


अहिले दिल्ली चेन्नईले दिएको लक्ष्य पछ्याउने क्रममा छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!