केहिबेरमा दिल्ली र हैदरावादबीच खेल हुँदै, दिल्लीका दुई खेलाडी फेरिए, टिम ११ मा को-को ?

Posted on: 05 May, 2018

वैशाख २२, काठमाडौँ | आज बेलुका ८:१५ बजेदेखि सुरु हुने खेलमा IPL 2018 को दोश्रो स्थानमा रहन सफल सनराइजर्स हैदरावादसँग आफ्नो १० औं खेलको सामना गर्दैछ । आइपिएल सिजन ११ को ३६ औं खेलमा आज दिल्लीले हैदरावादसँग 'गर कि मर' को प्रतिष्पर्धा गर्ने छ । यस अघिका ९ खेलमा ३ खेल मात्र जितेको दिल्लीले आज हैदरावादलाई हराउनै पर्ने हुन्छ । 

हैदरावाद आइपिएलमा ८ खेलमा ६ खेल जितिसकेको टिम हो । यस मानेमा हैदरावादलाई हराउनु दिल्लीको लागि ठूलो सफलता हुनेछ । 

यसै बीच दिल्लीले टस जितेर ब्याटिङ गर्ने भएको छ । आजको खेलमा दिल्लीले २ जना खेलाडी परिवर्तन गरेको जनाएको छ ।  

नेपालका खेलाडी सन्दिप लामिछाने अनुबन्ध रहेको टिम हुनाले दिल्लीको खेल नेपालीहरुका लागि निकै चासोको बिषय हुने गरेको छ । धेरै नेपाली समर्थकहरुले दिल्लीले कुनै न कुनै खेलमा सन्दीपलाई खेलाउने आशा गरेपनि उनले खेल्न भने पाएका छैनन् । आजको दशौँ खेलमा पनि सन्दिपले अवसर पाएका छैनन् । सन्दिप आइपिएलमा अनुबन्धित हुनुनै नेपालको लागि ठूलो अवसर भएको बताइएको भए पनि खेलप्रेमी दर्शकहरुले एक पटक भए पनि उनलाई मैदानमा हेर्न चाहेका छन्दि भन्ने कुरा उनीहरुको प्रतिक्रियाबाट थाहा हुन्छ ।  

आजको खेलमा टिम ११ मा को को छन् ?

Prithvi Shaw

Naman Ojha

Shreyas Iyer (c)

Rishabh Pant (wk)

Glenn Maxwell

Vijay Shankar

Daniel Christian

Liam Plunkett

Amit Mishra

Avesh Khan

Trent Boult.


यस बिषयमा तपाइको प्रतिक्रिया...!