जेठ ४, काठमाडौँ | भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आज भईरहेको खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने अनुबन्धित टिम दिल्ली डेयर डेभिल्सले चेन्नइ सुपर किंग्सलाई १६३ रनको चुनौति दिएको छ ।
दिल्लीको घरेलु मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनायो ।
दिल्लीका लागि रिशव पन्तले २६ बलमा ३८ रन बनाएर आउट हुँदा बिजय शंकर र हर्सल पटेलले अविजित समान ३६ रन बनाए । दिल्लीको कप्तानी सम्हालेका श्रेयस ऐयरले २२ बलमा १९ रन बनाए । खेलको अन्तिम ओभरमा दिल्लीले २६ रन जोडेर १६२ रन जोडेको थियो | खेलमा दिल्लीको विकेट लिने क्रममा लुँगी निग्दिले २ विकेट, दिपक चाहर, रविन्द्र जाडेजा र सार्दुल ठाकुरले १/१ विकेट लिए |
अब दिल्लीको टोली फिल्डीङ गर्दैछ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!