उपराष्ट्रपती चिल्ड्रेन गेम्समा खोटाङ दोश्रो

Posted on: 22 May, 2018

चिसाङ शेर्पा /जेठ÷८ खोटाङ | अण्डर १४ उपराष्ट्रपती चिल्ड्रेन गेम्स प्रदेश नम्बर १ टिम छनौट प्रतियोगितामा नेपाल सितोरियो कराते संघ खोटाङ दोश्रो भएको छ । ३ स्वर्ण, २ रजत १ कास्य लिएर टिम दोश्रो हुन सफल भएको हो ।


मोरङको बिराटनगर रंगशालामा सोमबार र मंगलबार भएको प्रतियोगितामा पुरुष एकलकाता तथा ३४ केजि तौल समुहमा सुर्य चन्द्र राईले २ स्वर्ण, ३८ केजि तौल समुह कूमितेमा डुनु राईले १ स्वर्ण, महिला एकलकातामा डुनु राई, ३० केजि तौल समुह कूमितेमा मन्दिप अधिकारीले २ रजत तथा र ३० केजि तौल समुह कूमितेमा अरुणा राईले १ कास्य लिएको थियो । 

टिम दोश्रोसँगै खोटाङका सुर्य चन्द्र राई, मन्दिप अधिकारी, डुनु राई राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका छन् । 


उनीहरुले निकट समयमा उपराष्ट्रपती कपको राष्ट्रिय गेम्समा खेल्ने पाउने प्रशिक्षक मिलन कसजुले जानकारी दिए । प्रतियोगितामा झापा पहिलो सुनसरी तेश्रो भएका छन् । बिजयी टिम समुहले मेडल, प्रमाणपत्र र सर्टिफिकेट पाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!