विश्वकप २०१८ को ‘अफिसियल गीत’ सार्वजनिक (गीत सहित)

Posted on: 25 May, 2018

जेठ ११, काठमाडौं | आउँदो जुन १४ मा रसियामा आयोजना हुने फिफा विश्वकप २०१८ को औपचारिक गीतको अडियो सार्वजनिक भएको छ ।

सार्वजनिक अफिसिएल अडियो विल स्मिथ र एरा इस्टेरेफीलाई समावेश गर्दै निकी जामले तयार पारेका हुन् । गीत ‘लिभ इट अप’ बोलमा छ । फिफा २०१८ ले यो गीतलाई यस पटकको अफिसियल गीत बनाएको छ । 

फिफाको अफिसियल गीतहरु निकै ख्यातीप्राप्त हुने गरेकोमा यो गीतको क्रेज कस्तो हुन्छ हेर्न बाँकी नै छ । हिजो मात्र सार्वजनिक भएको यो गीत झन्डै साढे २ लाखले सुनेका छन् । यो गीतलाई निकीजाम टिभी नामक अफिसियल युटुव मार्फत सार्वजनिक गरिएको छ । यस अघि सन् २०११० को शाकिराको अभिनय सहितको फिफा वर्ल्ड कपमा गीत र त्यसपछि २०१४ मा पीटबुलले गाएको ‘ओले ओला..’  र वाका वाका.. दिस टाइम फर अफ्रिका’ लाई अफिसियल गीत बनाइएको थियो ।

यसपटकको विश्वकप रुसमा आगामी जुन १४ मा सुरु हुँदैछ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!