IPL फाइनल हुँदै: यो पटक पहिलो, दोश्रो, तेश्रो... कुन टीमले कति प्राइस पाउँछन् ?

Posted on: 27 May, 2018

जेठ १३, काठमाडौँ | संसारकै सबैभन्दा ठुलो र सफल मानिएको  टी-20 क्रिकेट लीग यानेकि इन्डियन प्रीमियर लीग (IPL) को फाइनल खेल अहिले चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच हुँदैछ । 

आईपीएलमा कुन टिमले कति प्राइस पाउँछन भन्ने कुरा तपाइँलाई थाहा छैन भने साझा सबाल डट कमले यस बिषयमा जानकारी दिंदैछ । हरेक बर्ष आईपीएल जित्ने राशिमा हेरफेर हुने गर्दछ | यस पटकको म्याचमा भने जसले आइपीएल फाइनल जित्छ, उसले भारतीय २० करोड अर्थात नेपाली ३२ करोड बराबरको राशि प्राप्त गर्छन् । त्यस्तै उपविजेता टीमले आईपीएलमा भारतीय मूल्य १२.५ करोड अर्थात नेपाली मूल्य अनुसार २० करोड प्राप्त गर्छन् । 

तपाइँलाई जानकारी दिउकि सन् २०१५ मा आईपीएलको आठौँ सीजनमा आइपीएलको प्राइज मनी भारतीय ४० करोड राखिएको थियो । जसको विजेता टीमले १५ करोड प्राप्त गरेको थियो । यस पटक विजेता टीमले त्यति बेलाको भन्दा ५ करोड बढी पाउनेछ ।

आईपीएलको ११ औं सीजनमा तेश्रो र चौथो स्थानमा रहने टिमले भारतीय ८.७५ करोड पाउँछ, जुन नेपाली मूल्यमा १४ करोड हुन आउँछ । यसको मतलब यस पटक आईपीएलमा तेश्रो बनेको टीम कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सले उक्त प्राइस पाउनेछन् । 

महत्वपूर्ण अवार्ड कसलाई कति ? 

VIVO Perfect Catch of the Season (RS 10 Lakh prize money, trophy and a VIVO Phone)

TATA Nexon Super Striker of the Season (Trophy and a TATA Nexon car)

FBB Stylish Player of the Season (RS 10 Lakh prize money and trophy)

Star Plus Nayi Soch Season Award (RS 10 Lakh prize money and trophy)

Emerging Player Award (RS 10 Lakh prize money)

Orange Cap (RS 10 Lakh prize money & trophy)

Purple Cap (RS 10 Lakh prize money & trophy)

Most Valuable Player (RS 10 Lakh prize money & trophy)

यस बिषयमा तपाइको प्रतिक्रिया...!