विश्वकप २०१८ को लागि जर्मनीको अन्तिम टोली घोषणा: को-को परे ?

Posted on: 05 Jun, 2018

जेठ २२, काठमाडौं । यस अघिको विश्व विजेता जर्मनीले विश्वकप फुटबल २०१८ का लागि अन्तिम टोलीको न्माम सार्वजनिक गरेको छ । जर्मनीले तीन हप्ताअघि २७ सदस्यीय प्रारम्भिक टोली बनाएको थियो । उक्त टोलीबाट चार खेलाडी हटाएर २३ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको छ । जसमा लिरोय साने, बेर्न्ड लिना, जोनथन टाह र निल्स पिटरसन अटाएका छैनन् ।

लिरोय सानेलाई म्यानचेस्टर सिटीको विङ्गर भनिन्छ । उनले गएको सिजनमा म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी विश्वविजेता जर्मनीको अन्तिम टिममा नपर्नुलाई आश्चर्यजनक मानिएको छ ।


Photo: Ronald Zak, AP

जर्मनी यस पटकको विश्वकपमा समूह एफमा छ । यो समूहमा दक्षिण कोरिया, स्वीडेन र मेक्सिको पनि छन् । रुसमा आयोजना हुने विश्वकप फुटबल सुरु हुन अब नौ दिन बाँकी छ ।

को-को छन् जर्मनीको टिममा ? 

Goalkeepers:- 

1. Manuel Neuer 

12. Kevin Trapp 

22. Marc-Andre ter Stegen 

Defenders:- 

2. Marvin Plattenhardt 

3. Jonas Hector

4. Matthias Ginter 

5. Mats Hummels 

15. Niklas Sule 

16. Antonio Rudiger 

17. Jerome Boateng 

18. JoshuaKimmich 

Midfielders/Forwards:- 

6. Sami Khedira 

7. Julian Draxler 

8. Toni Kroos 

9. Timo Werner 

10. Mesut Ozil 

11. Marco Reus

13. Thomas Muller  

12. Thomas Goretzka 

19. Sebastian Rudy 

20. Julian Brandt 

21. Ilkay Gundogan 

23. Mario Gomez 

यस बिषयमा तपाइको प्रतिक्रिया...!