विश्वकप २०१८- अस्ट्रेलियाबिरुद्ध फ्रान्स १ गोल अन्तरले बिजयी

Posted on: 16 Jun, 2018

असार २, काठमाडौँ | विश्वकपको आफ्नो पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गरेको छ । खेलमा पेनाल्टी किकबाट फ्रान्स र अस्ट्रेलियाले केहि समय अन्तरमा १-१ गोल गरेका थिए । तर फ्रान्सले थप १ गोल गर्दै अस्ट्रेलियालाई पराजित गर्यो । 

आजको खेलमा फ्रान्सलाई निकै संघर्षमा राख्दै अस्ट्रेलियाले आफू पनि कमजोर नरहेको सावित गरेको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा रह्यो । दोस्रो हाफमा अष्ट्रेलियाली खेलाडीले फ्रान्सका फवार्ड एन्टोनी ग्रीजम्यानलाई फल गर्दा रेफ्रीले पेनाल्टी दिएका थिएनन् । तर, भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) रिभ्यूपछी फ्रान्सले पेनाल्टी पायो । विश्वकप २०१८ मा पहिलो पटक भीएआर प्रयोग गरिएको हो ।


केहि बेरको फ्रान्सको अग्रतालाई बराबरीमा रोक्ने क्रममा फ्रान्सका उम्टिटीले हाण्ड गरेपछि अस्ट्रेलियाले पेनाल्टी पायो र त्यसलाई सदुपयोग गर्दै खेल बराबरीमा पुग्यो ।

बराबरीको खेलमा ८० औं मिनेटमा पल पोग्बाले गोलपोष्टको बारमा प्रहार गरे, जुन बल गोलपोष्ट लाइन भित्र गएर गोल हुन पुग्यो । रेफ्री यहाँ पनि झुक्किए तर, गोललाइन प्रविधिबाट गोल देखिएपछि पोग्बाको गोलनै फ्रान्सको लागि बिजयी गोल बन्न पुग्यो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!