आज विश्वकपमा बिभिन्न ६ देशबीच खेल हुँदै, कुन-कुन समयमा हुँदैछ खेल ?

Posted on: 18 Jun, 2018

असार ४, काठमाडौँ | आज विश्वकपमा बिभिन्न देशबीच ३ खेल हुँदैछ | जसमा पहिलो खेल स्विडेन बिरुद्ध कोरिया रिपब्लिक, दोश्रो खेलमा बेल्जियम बिरुद्ध पनामाले खेल्नेछ भने आजको अन्तिम खेल ट्युनेसिया बिरुद्ध इंग्ल्याण्डको हुँदैछ |

यस अघि विश्वकप खेलमा आइतबार ३ खेल भए जसमा पहिलो खेलमा कोस्टारिकालाई ०-१ गोल अन्तरले पराजित गर्दै सेर्बियाले ३ प्वाइन्ट हात पार्यो भने दोश्रो खेलमा जर्मनीलाई ०-१ ले स्तब्ध पार्दै मेक्सिकोले ३ अंक जोड्न सफल भयो | त्यस्तै सोमबारको अन्तिम खेलमा  बलियो टिम मानिएको ब्राजिललाई रोक्दै स्विजरल्याण्डले समान १/१ अंक बाँडे | 


पछिल्लो खेलमा निकै बलियो मानिएको ब्राजिललाई स्वीट्जरल्याण्डले १–१ गोलमै रोकेपछि खेल समर्थकहरुले अर्जेन्टिनाकै लयमा ब्राजिल पुगेको टिप्पणी गरेका छन् । त्यसो त खेलमा स्विजरल्याण्डका खेलाडीहरुले ३ एल्लो कार्ड पाए । मैदानमा ब्राजिलका स्टार खेलाडी नेइमार धेरै पटक मैदानमा गिरे । त्यसका बाबजुत पहिलो हाफमा ब्राजिलका लागि फिलिपे कौन्टिन्होले २० औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । 

आज कति बजे कुन-कुन देश भिड्दैछन् ? 

आज June 18 (असार ४ गते सोमबार), आज कुन कुन देश भिड्दैछन् हेर्नुहोस् 

पहिलो खेल: स्विडेन vs कोरिया रिपब्लिक  

नेपाली समय: १७:४५ बजे 

दोश्रो खेल: बेल्जियम vs पनामा  

नेपाली समय: २०:४५ बजे

तेश्रो खेल: ट्युनेसिया vs इंग्ल्याण्ड   

नेपाली समय: २३:४५ बजे

यस बिषयमा तपाइको प्रतिक्रिया...!