आज एसियाली राष्ट्र जापानसहित विश्वकपमा ६ देशबीचको खेल हुँदै, कति बजे कुन-कुन देश भिड्दै ?

Posted on: 24 Jun, 2018

असार १० , काठमाडौँ | रुसमा जारी विश्वकपमा समुह चरणका दोश्रो खेलहरु खेल्ने क्रम जारी छ | यसै क्रममा आज पनि ६ देशहरु एकापसमा खेल्दैछन् | आज पहिलो खेल ग्रुप 'जी' अन्तर्गत इंग्ल्याण्ड र पनामाबीच साँझ ५:४५ बजे खेल हुँदैछ | यस अघिको खेलमा इंग्ल्याण्डले त्युनीसियालाई २-१ गोलले पराजित गरेको थियो | 


त्यस्तै आजको दोश्रो खेल बेलुका ८:४५ बजे जापान र सेनेगालबीच हुनेछ | ग्रुप 'एच' अन्तर्गत हुने यो खेलमा जापानले अघिल्लो खेलमा कोलम्बियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो | 


त्यस्तै आजको अन्तिम खेल पोल्याण्ड र कोलम्बियाबीच हुँदैछ | समुह 'एच' मा रहेका यी राष्ट्रहरुले यसअघिका आफ्ना खेलमा पोल्याण्ड सेनेगालसँग २-१ गोल अन्तरले पराजित बनेको थियो भने कोलम्बिया जापानसँग पराजीत भएको थियो |  

यस बिषयमा तपाइको प्रतिक्रिया...!