विश्वकपमा आज ४ खेल, एकै समय २/२ खेल हुँदै

Posted on: 25 Jun, 2018

असार ११ , काठमाडौँ | रुसमा जारी विश्वकपमा समुह चरणको तेश्रो खेल आजदेखि सुरु हुँदैछ | आज बिभिन्न ४ देशहरु एकापसमा खेल्दैछन् | आज पहिलो खेल उरुग्वे र रसियाबीच हुँदैछ | खेल १९:४५ बजे हुँदैछ | 


त्यस्तै आजको दोश्रो खेल बेलुका १९:४५ बजे साउदी अरविया र इजिप्ट बीच हुँदैछ | ग्रुप 'ए' अन्तर्गत हुने खेलमा यी दुवै राष्ट्र समूह चरणबाट बाहिरिसकेका राष्ट्र हुन् |

 

त्यस्तै आजको तेश्रो खेल स्पेन र मोरक्कोबीच हुँदैछ | समुह 'बि' अन्तर्गत हुने खेलमा यी राष्ट्रहरुको खेलले कसलाई नकआउट चरणमा पुर्याउँछ भन्ने थाहा हुनेछ | खेल ११:४५ बजे हुँदैछ | 

त्यस्तै आजको चौथो खेल स्पेन र मोरक्कोबीच हुँदैछ | समुह 'बि' अन्तर्गत हुने खेलमा यी राष्ट्रहरुको खेलले कसलाई नकआउट चरणमा पुर्याउँछ भन्ने थाहा हुनेछ | खेल ११:४५ बजेनै हुँदैछ |  

 

विश्वकप अन्तर्गत समूह 'ए'  बाट आयोजक राष्ट्र रुस र उरुग्वेले विश्वकपको नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेका छन् | 

त्यस्तै समूह 'बि' मा क्रमश स्पेन र पोर्चुगलको (४/४ अंक), इरानको (३ अंक) रहेको छ, यि ३ मध्ये दुई राष्ट्र समूह चरणबाटै बाहिरिनेछन् | 

त्यस्तै समूह 'सी' मा डेनमार्क (४ अंक) र अष्ट्रेलियाको (१ अंक) छ, डेनमार्क बलियो अवस्थामा रहेपनि अष्ट्रेलियाको पनि सम्भावना अझै कायमै छ | यस समूहबाट फ्रान्सले नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेको छ |  

त्यस्तै समूह 'डी' मा नाइजेरिया, आइसल्याण्ड र अर्जेन्टिनाको भाग्य परिक्षा अबको तेश्रो खेलहरुले गर्दैछ | यस समूहबाट क्रोयसियाले  नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेको छ |

त्यस्तै समूह 'ई' मा रहेका ३ देशहरु ब्राजिल, स्विजरल्याण्ड र सेर्वियाको भाग्य परिक्षा पनि अब हुने १/१ खेलले गर्नेछ | यी ३ मध्ये २ नकआउट चरणमा प्रवेश गर्नेछन् | 

त्यस्तै समूह 'एफ' मा आफ्नो निरन्तर २ खेलमा जितको वावजुत पनि मेक्सिकोको भाग्य परिक्षा तेश्रो खेलले मात्र गर्नेछ | यो समूहबाट कोरिया रिपब्लिक बाहिरिने पक्का हुँदा मेक्सिकोको ६ अंक छ भने जर्मनी र स्विडेनको समान ३/३ अंक छन् | 

त्यस्तै समूह 'जी' अन्तर्गत इंग्ल्याण्ड र बेल्जियमले नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेका छन् | 

त्यस्तै विश्कपको अन्तिम समूह 'एच' मा जापान, सेनेगाल र कोलम्बियाको भाग्य परिक्षाको नतिजा अब हुने खेलले निर्धारण गर्नेछ | यस समूहमा जापान र सेनेगालको समान ४/४ अंक छ भने कोलम्बियाको ३ अंक छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!