आज अर्जेन्टिना सहित ५ देशको भाग्य परिक्षा, कसको खेल कति बजे ?

Posted on: 26 Jun, 2018

असार १२, काठमाडौँ | रुसमा जारी विश्वकपमा समुह चरणको तेश्रो खेल जारी छ | सोमबारको ४ खेलबाट समूह 'ए' र 'बि' को खेल सम्पन्न भएको छ | खेलमा ग्रुप 'ए' बाट उरुग्वे समूह बिजेता बन्दै रुस सहित नकआउट चरणमा प्रवेश गरेको छ | त्यस्तै ग्रुप 'बि' को खेलमा स्पेन र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन् | 

विश्वकपमा मंगाल्बार (आज) पनि ४ खेल हुँदैछ | आजको खेलले समूह चरणबाट नकआउट चरणमा जानको लागि ग्रुप 'सी' र 'डी' को टुंगो लाग्नेछ | ग्रुप 'सी' बाट फ्रान्सले यस अघिनै नकआउट चरणमा आफ्नो यात्रा तय गरिसकेको छ | अब यस ग्रुपको आज हुने खेलले डेनमार्क वा अस्ट्रेलिया मध्ये १ टिमलाई नकआउट चरणमा पुर्याउनेछ | 

त्यस्तै आजै ग्रुप 'डी' को खेल हुँदैछ | यो ग्रुपमा क्रोयसियाले आफ्नो नकआउट चरणमा यात्रा तय गरिसकेको छ | यस्तो अवस्थामा आज अर्जेन्टिना, आइसल्याण्ड र नाइजेरिया मध्ये एक टिम मात्र नकआउट चरणमा जानेछन् | 

४ खेल कुन-कुन समयमा ? 

अंक तालिका हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!