विश्वकपमा मेस्सिको पहिलो गोल, विश्वकप २०१८ को सयौं गोल

Posted on: 27 Jun, 2018

असार १३, काठमाडौँ | विश्वकप फुटबलअन्तर्गत समूह ‘डि’ को खेलमा अर्जेन्टिना र नाइजेरियाबीचको खेलमा अर्जेन्टिनाले अग्रता लिएको छ । जारी खेलमा विश्वकपको नकआउट चरणमा पुग्नको लागि अर्जेन्टिनालाई यो खेल जित्नै पर्ने हुन्छ । 

खेलमा मेस्सीले विश्वकप २०१८ को पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् । मेस्सिले गरेको गोलसंगै विश्वकप २०१८ मा १०० गोल पुगेको छ |

एक खेलमा बराबरी खेलेको र एक खेलमा पराजित भएको अर्जेन्टिनाको आजको खेल अघिसम्म १ अंक रहेको छ । तर नाइजेरियाको भने ३ अंक छ । यस्तो अवस्थामा नाइजेरियाले अर्जेन्टिनालाई बराबरीमा रोक्न सके विश्वकपको अर्को चरणमा पुग्ने बलियो सम्भावना छ । त्यसो त अर्जेन्टिनालाई हराउन सके नाइजेरिया नकआउट चरणमा पुग्ने पक्का छ ।   


त्यस्तै अर्जेन्टिनाले आजको खेलबाट नकआउट चरणमा पुग्न क्रोएसिया र आइसल्यान्डसँगको नतिजामा पनि भरपर्नु पर्नेछ । उता जारी अर्को खेलको २५ मिनेट बितिसक्दा आइसल्याण्ड र क्रोयसियाबीच कुनै गोल हुन सकेको छैन । 

आज अर्जेन्टिनाका कप्तान तथा विश्व चर्चित खेलाडी लियोनल मेस्सीका लागि आजको खेल अग्नि परीक्षाको दिन मानिएको छ । पछिल्लो २ खेलबाट आलोचित बनेका मेस्सीले आजको खेलमा सुरुवाती गोल गर्दै आफुलाई बलियो सावित गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!