२०१४ को विश्वकप बिजेता जर्मनी समूह चरणबाटै आउट !

Posted on: 27 Jun, 2018

असार १३, काठमाडौँ | रुसमा जारी विश्वकपमा दक्षिण कोरियाले ऐतिहासिक जित हाशिल गर्दा साविकको विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।  

समूह एफ को अन्तिम खेलमा दक्षिण कोरियासँग २–० गोलले पराजित हुदै जर्मनी विश्वकप फुटबलबाट बाहिरिएको हो । त्यसो त जर्मनीलाई जितेको दक्षिण कोरिया पनि समूह चरणबाट बाहिरिएको छ । 


२०१४ को विश्वविजेतानै विश्वकप फुटबलबाट बाहिरिएसँगै स्वीडेन र मेक्सिको भने नकआउट चरणमा प्रवेश गरेका छन् ।

खेलको अन्तिम समयमा दक्षिण कोरियाले २ गोल गरेको थियो । दुबै गोल दक्षिण कोरियाले खेलको अन्तिम समयमा गरेको थियो । 

उता आजै भएको अर्को खेलमा स्विडेनले मेक्सिकोलाई ३-० गोल अन्तरले पराजित गरेको छ । ग्रुप एफमा समूह बिजेता बन्दै स्विडेन नकआउट चरणमा प्रवेश गरेको छ भने मेक्सिको ६ अंक सहित विश्कपमा पुगेको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!