ब्राजिल, स्वीट्जरल्यान्ड, स्विडेन र मेक्सिको नकआउट चरणमा, जर्मन सहित ४ राष्ट्र आउट

Posted on: 28 Jun, 2018

असार १४, एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत बुधबार भएका बिभिन्न ४ खेलमा समूह 'इ' बाट ब्राजिल समूह विजेता र स्वीट्जरल्यान्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् । भने त्यस अघिको खेलमा स्विडेन र मेक्सिको नकआउट चरणमा प्रवेश गरेका छन् ।

खेलमा ब्राजिलले सर्बियालाई २–० गोल अन्तरले पराजित गर्यो । ब्राजिलको जितमा थिएगो शिल्भा र पौलिन्होले गोल गरे । ब्राजिलले सर्बियामाथि खेलको ३६औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । उता स्विजरल्याण्ड कोस्टरिका २-२ गोलको बराबरीमा रोकिए । 


बराबरीको बाबजुत पनी स्वीट्जरल्यान्डले ३ खेलमध्ये १ खेलमा जित र २ खेलमा बराबरी खेल्दै ५ अंक बनाएर नकआउट चरणमा पुगेको हो ।

बुधबारको खेलबाट २०१४ को विश्वकप बिजेता जर्मनी सहित ४ राष्ट्र बाहिरिएको छ । खेलमा सर्विया, कोष्टारिका, कोरिया र जर्मनी भने विश्वकपबाट बाहिरिएका छन्  । 


पराजित सर्बिया र कोष्टारिका भने विश्वकपको समूह चरणबाटै बाहिरिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!