अर्जेन्टिनालाई फ्रान्सको चौथो गोल

Posted on: 30 Jun, 2018

असार १६, काठमाडौं । विश्वकप फुटबलको नकआउट चरणमा अहिले अर्जेन्टिना र फ्रान्स खेलिरहेका छन् । अर्जेन्टिना र फ्रान्सको खेलमा फ्रान्सले सशक्त प्रदर्शन गर्दैछ । अहिलेसम्मको खेलमा अर्जेन्टिनालाई फ्रान्सले ४ गोल हानेको छ भने अर्जेन्टिनाले २ गोल गरेको छ । 

रुसको काजानमा जारी खेलको पहिलो हाफमा फ्रान्सले सुरुवाति अग्रता लिएको थियो । १३ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए ।

अर्जेन्टिनाका रोजोले एम्बाप्पेलाई डि बक्स एसियामा लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । अर्जेन्टिनाले खेलको पहिलो हाफसम्ममा ३ एल्लो कार्ड पाएको छ । अर्जेन्टिनाका टाग्लीयाफिको, मास्चेरानो र मार्कोस रोजोले पहेलो कार्ड पाएका हुन् । त्यस्तै फ्रान्सले एउटा एल्लो कार्ड पाएको छ । 

अग्रता लिएको फ्रान्सलाई खेलमा ४१ औं मिनेटमा अग्रता तोड्दै अर्जेन्टिनाले बराबरी गर्यो । अर्जेन्टिनाका एन्जेल डी मारियाले गोल गर्दै खेललाई बराबरी गरेका थिए । पहिलो हाफको खेल बराबरीमा सकियो ।

त्यसपछि दोश्रो हाफको खेलमा अर्जेन्टिनाले दोश्रो गोल गर्दै आफुलाई अग्रतामा राख्यो । त्यसपछि फ्रान्सले लगातार ३ गोल गर्दै अर्जेन्टिनालाई निकै दवाबमा राखेको छ | यो समाचार तयार पार्दा सम्म खेल ७१ औं मिनेटमा जारी छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!