विश्वकपको प्रि-क्वाटरफाइनलमै रोकियो अर्जेन्टिना, खेलमा ७ औं गोल

Posted on: 30 Jun, 2018

असार १६, काठमाडौं । विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिनालाई फ्रान्सले ४-३ गोल अन्तरले पराजित गरेको छ । यससंगै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा  प्रवेश गरेको छ ।

अर्जेन्टिना र फ्रान्सको रोमान्चक खेलमा फ्रान्सले पेनाल्टीमार्फत सुरुवाती अग्रता लिएको थियो । रुसको काजानमा भएको खेलको १३ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । अर्जेन्टिनाका रोजोले एम्बाप्पेलाई डि बक्स एसियामा लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । अर्जेन्टिनाले खेलको पहिलो हाफमा निकै खराव प्रदर्शन गर्दा ३ एल्लो कार्ड पाएको थियो । 

पहिलो हाफमा अग्रता लिएको फ्रान्सलाई खेलमा ४१ औं मिनेटमा अग्रता तोड्दै अर्जेन्टिनाले बराबरी गर्यो । अर्जेन्टिनाका एन्जेल डी मारियाले गोल गर्दै खेललाई बराबरी गरेका थिए । यसरी पहिलो हाफको खेल बराबरीमा सकियो ।

त्यसपछि दोश्रो हाफको खेलमा अर्जेन्टिनाले दोश्रो गोल गर्दै आफुलाई अग्रतामा राख्यो । खेलको ४८ औं मिनेटमा लियोनेल मेसिले दिएको पासमा मेकार्डोले गोल गर्दै अर्जेन्टिलाई अग्रता दिलाएका थिए ।  तर अर्जेन्टिनाको यो अग्रता ५ मिनेट पनि टिक्न सकेन ।

अग्रतामा रहेको अर्जेन्टिनालाई गोल गर्दै फ्रान्सले बराबरी गर्यो र गोललाई निरन्तरता दिंदै लगातार ३ गोल गर्दै अर्जेन्टिनालाई २ गोल अन्तरमा पारेर दवाबमा राख्यो | यस क्रममा फ्रान्सका युवा खेलाडीहरु एम्बाप्पेले दुई गोल गरे भने ग्रिजम्यान र पाभर्डले १/१ गोल गरे ।

त्यसपछि खेलमा अर्जेन्टिनाले अतिरिक्त समयमा गोल गर्दै तेश्रो गोल गर्यो र खेल ३-४ को स्कोरमा पुग्यो । अतिरिक्त समयमा भएको गोलले अर्जेन्टिनाका समर्थकहरुलाई केहि राहत दिएपनि अर्जेन्टिनाले अर्को गोल गर्न नसक्दा खेलमा १ गोलको अन्तरले पराजित हुन पुग्यो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!