विश्वकपका स्टारहरु एकै दिन विश्वकपबाट बाहिरिए, क्वाटरफाइनलमा उरुग्वेको सामना फ्रान्ससँग

Posted on: 01 Jul, 2018

असार १७, काठमाडौँ | उरुग्वे पोर्चुगललाई पराजित गर्दै रुसमा जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आजको खेल हारे संगै रोनाल्डोको टिम पनि विश्वकपको प्रि-क्वाटर फाइनलबाट बाहिरिएको छ ।

यस अघि आजै भएको खेलमा फ्रान्सले मेस्सीको टोली अर्जेन्टिनालाई पराजित गरेको थियो । विश्वकपको क्वाटरफाइनलबाटै स्टार खेलाडीहरु बाहिरिने क्रम बढेपछी नेपाली समर्थकहरु निराश छन् ।  


प्रि-क्वाटर फाइनलको दोश्रो खेलमा  उरुग्वेले पोर्चुगलविरुद्ध २–१ गोलको अग्रता बनाएको हो । खेलको पहिलो हाफमा उरुग्वे १–० गोलले अघि रहेको थियो । रसियाको सोचीस्थित फिष्ट रंगशालामा सुरु भएको सातौं मिनेटमा नै उरुग्वेले गोल गर्न सफल भएका थिए । उरुग्वेका लागि इडिसन काभनीले लुइस स्वारेजको विंगर पासमा हेडर गोल गर्दै पोर्चुगलविरुद्ध १–० गोलको अग्रता दिलाएका थिए ।


पहिलो हाफको खेल उरुग्वेकै अग्रतामा सकियो । दोश्रो हाफको ५५औं मिनेटमा पोर्चुगलको लागि कर्नर प्रहार गर्दै पेपेले हेडर गोल गरेर बराबरी गरे । उनकै गोलमा पोर्चुगलले उरुग्वेविरुद्ध १–१ गोलको बराबरी बनाएको थियो । 

तर उक्त बराबरीको स्कोर ७ मिनेट मात्र टिक्न सक्यो । उरुग्वेको लागि काभनीले खेलको ६२ औं मिनेटमा दोश्रो गोल गर्दै उरुग्वेलाई २–१ गोलको महत्वपूर्ण अग्रता दिलाए । त्यसपछी कुनै गोल भएनन् । बरु खेलको अन्तिममा पुर्चुगलका रोनाल्डोले एल्लो कार्ड पाए । उनले रेफ्रीसँग बिबाद हुँदा एल्लो कार्ड पाए । एल्लो कार्डकै कारण यदी पोर्चुगलले आजको खेल जितेको भए पनि रोनाल्डोले आगामी एक खेल खेल्न पाउने थिएनन् ।


उरुग्वेका लागि इडिसन काभनीले ब्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई जित दिलाए । डिफेन्स खेल निकै राम्रो खेलेको उरुग्वेको पोष्टमा पोर्चुगलले धेरै अवसरहरु गुमाउन पुगेको थियो । 

आजको खेल जितेसंगै उरुग्वेले अब क्वाटरफाइनलमा फ्रान्ससँग सामना गर्ने भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!