विश्वकपमा हारेपछि रोनाल्डोले भने 'शीर ठाडो पारेर फर्कँदैछौं'

Posted on: 01 Jul, 2018

असार १७, काठमाडौँ | विश्वकपको प्रि-क्वाटरफाइनलमा पराजित भएसंगै क्रिष्टियानो रोनाल्डोले तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट बिदा नलिने संकेत गरेका छन् ।

उरुग्वेसँग २–१ ले पराजित भएसँगै पोर्चुगल विश्वकपको प्री–क्वार्टरफाइनलबाटै बाहिरिएको छ । यद्यपि, आफूहरुको शीर उच्च रहेको रोनाल्डोले बताए ।


उरुग्वे विरुद्ध राम्रो खेल्दा खेल्दै पनि आफ्नो टिम जित्न नसकेको उनले बताए । उनले भने, ‘हामीले उरुग्वे भन्दा राम्रो खेल्यौं तर, जसले गोल गर्छ, उसले जित्छ । हामी जित्न चाहन्थ्यौं, प्रतिस्पर्धा पनि गर्यौं । तर उरुग्वेलाई बधाइ छ । समग्रमा हामी आफ्नो शीर ठाडो पारेर पर्कँदैछौं । पोर्चुगलको प्रतिनिधित्व गर्न पाएको गर्व छ ।’

२०२२ मा कतारमा विश्वकप हुँदा रोनाल्डो ३७ वर्षको हुनेछन् । रोनाल्डोले सन्यासबारे कुनै कुरा गर्न चाहेनन् । उनले भने, ‘मेरो भविश्यबारे कुरा गर्ने यो सही समय होइन ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!