मेक्सिकोले इतिहाँस बदल्न सकेन, ब्राजिलसँग विश्वकपमा १३-० को गोल रेकर्ड !

Posted on: 02 Jul, 2018

असार १८, काठमाडौं । रुसमा जारी विश्वकप २०१८ अन्तर्गत आज प्रि-क्वाटर फाइनल खेलमा ब्राजिलले मेक्सिकोलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

विश्वकपको समूह ‘ई’ को विजेता ब्राजिल र समूह ‘एफ’ को उपविजेता बन्दै आएको मेक्सिको र ब्राजिलको खेलमा पहिलो हाफसम्ममा कुनै गोल हुन सकेन तर दोश्रो हाफको ५१ औं मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । 


निकै आक्रामक खेलमा मेक्सिकोले ब्राजिललाई कुनै गोल गर्न सकेन । विश्वकप इतिहाँसमा यस अघिका ४ खेलमा मेक्सिकोले ब्राजीललाई कुनै गोल गरेको रेकर्ड छैन । साथै यो पटक पनि कुनै गोल गर्न नसकि इतिहाँसलाई निरन्तरता दिन पुग्यो । 


ब्राजिल र मेक्सिकोबीच यस अघि चार खेल भएकोमा मेक्सिकोले ११ गोल खाएको छ अब २ गोल थापिएर १३ गोल बनेको छ । विश्वकपमा एकपटक पनि ब्राजिलले मेक्सिकोको गोल खानु परेको छैन । जसलाई ब्राजिलले पाँचौं पटक पनि रोकेको छ । 

ब्राजिलले मेक्सिकोलाई २-० गोल अन्तरले हराएको छ । समूह चरणमा २०१४ को विश्वबिजेता जर्मनीलाई मेक्सिकोले पराजित गरेको थियो । पहिलो हाफमा मेक्सिकोले ब्राजिललाई निकै दबाव दिएको थियो । साथै गोल गर्ने केही मौका पनि गुमाएको थियो । तर, दोस्रो हाफमा ब्राजिल हाबी बन्यो । खेलको ५१ औं मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । त्यसपछि निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी छँदा उनकै पासमा सब्सिच्युट फर्मिनोले गोल गरेर ब्राजिललाई थप बलियो बनाए ।


आज मेक्सिकोलाई पराजित गर्दै ब्राजिलले अब आज राति पौने १२ बजे बेल्जियम र जापानबीचको विजेतासँग खेल्ने छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!