दोश्रो हाफमा जापानको लगातार २ गोल, बेल्जियमको पनि लगातार दोश्रो गोल

Posted on: 03 Jul, 2018

असाए १९, काठमाडौँ | रुसमा जारी विश्वकपको प्रि क्वाटरफाइनल खेलमा बेल्जियम र जापानबीच ०-२ गोलको खेल जारी छ  । पहिलो हाफसम्म गोलरहित बराबरी भएको खेलमा जापानले दोश्रो हाफ पछी लगातार २ गोल भएको छ । 

जापानलाई बेल्जियमले एकपछि अर्को प्रहार गरेपनि गोल गर्न भने सकेन । यसै बिच जापानका हारागुचीले खेलको ४८ औं मिनेटमा पहिलो गोल गर्दै जापानलाई अग्रता दिलायेका थिए । लगतै खेलको ४ मिनेट पछि  पुन: अर्को गोल गर्दै थप बलियो बनेको छ । जापानका लागि दोश्रो गोल ताकेसी ईनुईले गरेका हुन् । उनले लामो दुरीबाट बेल्जियमको पोष्टमा प्रहार गर्दा उक्त बलले गोलपोष्टको जाली चुमेको थियो । 


बेल्जियमले गोल गर्ने थुप्रै अवसर खेर फालेपछि पहिलो हाफसम्म गोल गर्ने अवसर गुमाएको थियो । दोश्रो हाफ पछी हावी भएको जापानले गोल संगै निकै आक्रामक खेल प्रदर्शन गरेको छ ।

यसैबीच बेल्जियमले पनि खाता खोलेको छ ।  बेल्जियमले खेलको ६९ औं मिनेटमा हेडमार्फत गोल गरेको हो । खेलमा जान भेरटोङगेनले बेल्जियमको लागि गोल गरेका हुन् । लगत्तै बेल्जियमले ५ मिनेट पछी फेरी अर्को गोल गर्दै जापानसँग बराबरी गरेको छ । बेल्जियमका मरौने फालानीले दोश्रो गोल गरेका हुन् । यो समाचार तयार पार्दा सम्म खेल ७८ औं मिनेटमा जारी छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!