विश्वकपको प्रि-क्वाटरफाइनल खेल सम्पन्न, अन्तिम खेलबाट कोलम्बिया बाहिरियो

Posted on: 04 Jul, 2018

असार २०, काठमाडौँ | रसियाको राजधानी मस्कोस्थित स्पार्टक रंगशालामा जारी विश्वकपको अन्तिम १६ अर्थात प्रि-क्वाटरफाइनल खेल सम्पन्न भएको छ । प्रि-क्वाटर फाइनलको अन्तिम खेलमा कोलम्बिया र इंग्ल्याण्डले १-१ गोलको बराबरीको खेल खेलेपछि पेनाल्टी सुटबाट ४-३ गोल अन्तरले बिजयी बन्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गर्यो भने कोलम्बिया क्वाटरफाइनलबाटै बाहिरिएको छ । 

खेलमा कोलम्बिया र इंग्ल्याण्डबीच पहिलो हाफमा कुनै गोल बिना रोकियो । त्यसपछि दोश्रो हाफको खेलमा इंग्ल्यान्डका कप्तान ह्यारी केनलाई कोलम्बियाका खेलाडीले आफ्नो डिबक्सभित्र लडाएपछि इंग्ल्याण्डले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । यो गोलसँगै जारी विश्वकपमा केनको गोल संख्या ६ पुगेको छ । केन विश्वकपको गोल्डेन बुटको दाबेदार समेत भएका छन् ।


खेलमा तुलनात्मक रुपमा बलियो देखिएको इंग्ल्यान्डले अग्रता लिएपछी गोलको खोजीमा रहेको कोलम्बियाले धेरै प्रयासको बाबजुत खेलमा अतिरिक्त समयको सदुपयोग गर्दै इंग्ल्याण्डलाई कर्नर किकमार्फत आएको बललाई हेडमार्फत उत्कृष्ट गोल गर्यो । कोलम्बियाको लागि १३ नम्बर जर्सीका एरी मिनाले गोल गर्दै इंग्ल्याण्डसँग बराबरी गरिदिए । जारी विश्वकपमा भएको उक्त गोल १४६ औं गोल हो भने अतिरिक्त समयमा भएको ३१ औं गोल हो । 


निर्धारित ९० मिनेटको खेलमा बराबरी भएपछी पुन: ३० मिनेटको खेल भयो । जसमा पनि दुवै पक्षले कुनै गोल गर्न सकेनन् । फलस्वरूप खेल पेनाल्टीमा गयो । 

पेनाल्टी सुटमा ४-३ गोल अन्तरले कोलम्बियालाई पराजित गर्दै इंग्ल्याण्ड अन्तिम ८ मा प्रवेश गर्यो । 

यससंगै प्रि-क्वाटर फाइनलको खेल सकिएको छ । अब विश्वकपमा अन्तिम ८ को प्रतिष्पर्धा हुनेछ । शुक्रबारदेखि हुने क्वाटरफाइनल खेलमा ७:४५ बजे उरुग्वे र फ्रान्सबीच खेल हुँदैछ भने सोहि दिन राति पौने ११:४५ बजे ब्राजिल र बेल्जियमबीच खेल हुनेछ । त्यस्तै क्वाटर फाइनलको तेश्रो खेल शनिबार बेलुका ७:४५ बजे इंग्ल्याण्ड र स्विडेनबीच हुनेछ भने अर्को खेल सोहि दिन राति ११:४५ बजे रसिया र क्रोएसियाबीच हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!