उरुग्वेलाई २-० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

Posted on: 06 Jul, 2018

असार २२, काठमाडौं । रुसमा जारी विश्वकपको आज भएको खेलमा फ्रान्सले उरुग्वेलाई २-० गोलले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ ।


पहिलो हाफमा १ गोल गरेर अग्रता लिएको फ्रान्सले दोश्रो हाफको खेलमा थप १ गोल गर्दै २ गोलले अग्रता लिएको थियो । उसले पहिलो हाफको ४० औं मिनेटमा राफेल भरेनाले हेड गोलबाट अग्रता लिएको थियो । 

त्यस्तै दोश्रो गोल ६१ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले प्रहार गरे, जसलाई निकै अनुभवी गोलरक्षक फर्नान्दो मुस्लेरोले दुई हातले रोकेका थिए तर उक्त बल गोल हुन पुग्यो । डिबक्स बाहिरबाट प्रहार भएको प्रहार गम्भीर गल्ती हुँदा फ्रान्सको लागि अग्रतामा दोब्बर बन्यो ।


दोस्रो हाफमा उरुग्वेले केही सुधारिएको प्रदर्शन गरेपनि गोल भने गर्न सकेन । फलस्वरूप उरुग्वे क्वाटरफाइनलबाटै बाहिरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!