ब्राजिललाई पराजित गर्दै बेल्जियम ३२ बर्ष पछी विश्वकपको सेमिफाइनलमा

Posted on: 07 Jul, 2018

असार २३, एजेन्सी । रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा ब्राजिललाई पराजित गर्दै बेल्जियम सेमिफाइनलमा प्रवेश गरेको छ । बेल्जियमले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

यससंगै बेल्जियम ३२ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राजिलका लागि रेनाटो अगुष्टोले गोल फर्काउदै खेल २–१ गोलको स्थितिमा पुर्याएपनि जित दिलाउन भने सकेनन् ।

बेल्जियमले खेलको १३ औं मिनेटमा बेल्जियमले अग्रता बनाएको थियो । बेल्जियमले प्रहार गरेको कर्नर किकलाई बचाउने क्रममा ब्राजिलका फर्नान्डिन्होले आफ्नै पोष्टमा आत्मघाती गोल गर्न पुगेका थिए । 


त्यसपछि खेलको ३१ औं मिनेटमा गोल गर्दै बेल्जियमले २–० गोलको अग्रता लियो । बेल्जियमका लागि केभिन डे ब्रुयनीले गोल गर्दै दोब्बर अग्रतामा पुर्याएका थिए । उनले निकै सुन्दर गोल गरेका थिए ।

ब्राजिलले बेल्जियमको पोष्टमा धेरै अवसर पाएपनि गोल भने गर्न सकेन । खेलमा २ गोलको अग्रता लिएको बेल्जियमलाई रोक्दै १ गोल गर्ने क्रममा ७६ औं मिनेटमा रेनाटो अगुष्टोले खेलको खेलको ७६औं मिनेटमा गोल गर्दै २–१ गोलको स्थितिमा पुर्याएका थिए । तर त्यसपछिका अवसरहरुलाई बेल्जियमले रोक्न सफल भयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!