विश्वकप क्वाटरफाइनल खेल सकियो, अब सेमिफाइनल खेल कहिले-कहिले ?

Posted on: 08 Jul, 2018

असार २४, काठमाडौँ | रुसमा जारी विश्वकपको क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् | जारी प्रतियोगिताबाट क्वाटरफाइनलको अन्तिम खेलमा क्रोएसिया र आयोजक राष्ट्र रुसबीच खेल भयो । जसमा क्रोएसियाले सेमिफाइनलको यात्र तय गर्न सफल भयो । 

खेलमा पहिलो हाफसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए । रसियाले गोल गरेको ८ मिनेटपछि नै क्रोएसियाले गोल फर्काउँदै बराबरीमा पुर्याएको थियो । डेनिस चेरिशेभले खेलको ३१औं मिनेटमा उत्कृष्ट गोल गर्दै आयोजक रसियालाई १–० गोलको अग्रतामा पुर्याएका थिए । उनले आर्टिम ज्युबाको पासमा शानदार गोल गरेका थिए । भने खेलको ३९औं मिनेटमा क्रोएसियाका आन्ड्रेज क्रमारिकले हेडर गोल गर्दै खेल १–१ गोलको बराबरीमा पुर्याएका थिए । पहिलो हाफमा दुबै टिमले गोल गर्ने राम्रो अवसरहरु समेत गुमाएका थिए ।


सोचीस्थित फिष्ट रंगशालामा दोस्रो हाफमा भने दुबै टिमले गोल गर्न नसकेपछी खेलमा ३० मिनेट थपियो । जुन समयलाई अवसरको रुपमा २-१ को अग्रता लिंदै क्रोएसियाले अग्रता बनायो । क्रोयसियाको लागि खेलको १०१ औं मिनेटमा डामागोजले गोल गर्दै अग्रता दिलाएका थिए । तर रसियाले खेलमा रसियाले क्रोएसियाविरुद्ध अर्को गोल फर्काउँदै २–२ गोलको बराबरीमा पुर्यायो । रसियाका लागि मारियो फेर्नान्डेजले गोल गर्दै बराबरीमा पुर्याएका थिए । फ्रिकिक गर्ने क्रममा प्रहार भएको बललाई रुसका मारियोले खेलको ११५ औं मिनेटमा हेडर गोल गर्दै बराबरीमा पुर्याएका थिए  । त्यसपछि खेलमा थप गोल भएन र थपिएको समयमा समेत गोल हुन नसकेपछि खेल दुवैदेशको गोलकिपरको हातमा पुग्यो । जसमा क्रोएसियाले ४-३ गोल अन्तरले आयोजक राष्ट्र रसियालाई पराजित गर्न सफल बन्दै सेमिफाइनल यात्रा तय गर्यो । 


अब सेमिफाइनलमा को-को कहिले भिड्दै ? 

10 July 2018 : France Vs Belgium (Time: 23:45) 

11 July 2018 : England Vs Croatia (Time: 23:45)

यस बिषयमा तपाइको प्रतिक्रिया...!