राष्ट्रिय तथा प्रदेश स्तरीय रेफ्री कोर्ष प्रशिक्षण तालिम शुरु

Posted on: 09 Jul, 2018

भास्कर के.सी | असार २५, कञ्चनपुर | कञ्चनपुरको भीमदत्त नगरपालिकामा राष्ट्रिय तथा प्रदेश स्तरीय रेफ्री कोर्ष प्रशिक्षण तालिम सोमबारबाट शुरु भएको छ ।  प्रदेश नं. ७ का  नवै जिल्ला बाट ५० जना भन्दा बढीले राष्ट्रिय तथा प्रदेश स्तरीय  भलिबल रेफ्री उत्पादनका लागि तालिम दिन लागिएको हो । 

जिल्ला भलिबल संघको आयोजना भईरहेको उक्त प्रशिक्षण असार २९ गते सम्म चल्ले छ । पाँच दिने तालिममा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रशिक्षकले प्रशिक्षण  दिने छन् ।  अन्र्तराष्ट्रिय प्रशिक्षकका रुपमा नेदरल्याडबाट  लेस्की डिजोन र डाबर चोलो  सहभागि छन् । 


खेलमा निष्पक्ष भएर निर्णय लिन सक्ने तथा समय समयमा परिर्वतन हुदै जाने नियमहरुको कसरी प्रयोग गर्ने बारे प्रशिक्षण दिन लागिएको   भलिबल संघका केन्द्रीय अध्यक्ष मनोरञ्जन शर्माले बताए । तालिम उद्घाटन सत्रका प्रमुख अतिथि समेत रहेका शर्माले भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषण भएसँगै सम्पुर्ण क्षेत्रबाट खेलको स्तरमा समेत वृद्धि भईरहेको बताए ।  

जिल्ला भलिबल संघका अध्यक्ष मोहन बहादुर थापाको सभापति रहका थिए । कञ्चनपुरमा राष्ट्रिय तथा प्रदेश स्तरीय रेफ्री तालिम दिईन लागेको यो दोस्रो पटक हो । यस अघि  २०६० सालमा राष्ट्रिय रेफ्रीको कोर्षको प्रशिक्षण दिईएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!