विश्वकपको सेमिफाइनलमा बेल्जियम र फ्रान्सबीच खेल जारी, पहिलो हाफ सकियो

Posted on: 11 Jul, 2018

असार २७, काठमाडौँ | रुसमा जारी विश्वकपको पहिलो सेमिफाइनल खेलमा अहिले बेल्जियम र फ्रान्सबीचको खेलको पहिलो हाफ सकिएको छ । रसियाको सेन्ट पिटर्सबर्गमा सुरु भएको खेलमा दुबै टिम जित हात पार्दै फाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहेका छन् । पहिलो हाफसम्म दुवै पक्षले कुनै गोल गर्न सकेका छैनन् । 


बेल्जियम दोस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो भने फ्रान्स एक पटकको विश्वबिजेता हो । ब्राजिललाई समेत जित्दै सेमिफाइनलमा यात्रा तय गरेको बेल्जियमले आजको खेलमा फ्रान्सलाई कडा टक्कर दिएको छ । 

जारी खेलको पहिलो हाफमा १९ औं मिनेटमा बेल्जियमका कप्तान इडन हजार्डले प्रहार गरेको बल फ्रान्सका डिफेन्डरले उत्कृष्ट बचाउ गरेका थिए । एकपछि अर्को आक्रमक खेल खेलेको बेल्जियमले खेलको २२ औं मिनेटमा टोबी एल्डेरवेरेल्डले प्रहार गरेको बल फ्रान्सका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको ३४औं मिनेटमा फ्रान्सले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । किलियन एमबाप्पेले दिएको पासलाई ओलिभियर जिरौडले गोल गर्न सकेनन् । खेलको ४० औं मिनेटमा फ्रान्सका बेन्जिामिन पाभार्डले प्रहार गरेको बल बेल्जिमका गोलरक्षकले बचाएका थिए । 

यस पटकको विश्वकपमा फ्रान्स पनि कम छैन । फ्रान्सले प्रिक्वाटरफाइनलमा अर्जे्न्टिनालाई ४–३ गोलअन्तरले पराजित गरेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!