क्रोएसियाविरुद्ध इंग्ल्यान्डले गोल गर्दा लन्डनमा यस्तो धमाका (भिडियो हेर्नुहोस्)

Posted on: 12 Jul, 2018

असार २८, एजेन्सी । विश्वकप फुटबलको सेमिफाइनलमा इंग्ल्यान्डले क्रोएसियाविरुद्ध सुरुवाती अग्रता बनाएको छ । इंग्ल्यान्डका लागि कैरन ट्रिपिएरले गोल गर्दै १–० गोलको अग्रता दिलाएका हुन् ।

खेलको ५ औं मिनेटमै ट्रिपिएरले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका हुन् । सेमिफाइनल खेलमा क्रोयसियालाई इंग्ल्याण्डले निकै दबाबमा राखेर खेलेको छ ।

पहिलो हाफको सुरुवातमै आफ्ना खेलाडीले उत्कृष्ट गोल गर्दा लन्डनमा समर्थकहरु यसरी रमाएका थिए (भिडियोमा हेर्नुहोस्)

पहिलो हाफको सुरुवातमै आफ्ना खेलाडीले उत्कृष्ट गोल गर्दा लन्डनमा समर्थकहरु यसरी रमाएका थिए (भिडियोमा हेर्नुहोस्) 


सेमिफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इङ्ग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भैसकेको छ । 

क्वाटरफाइनलमा क्रोएसियाले आयोजक रसियालाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गरिसकेको छ भने इङ्ग्ल्याण्डले स्विडेनलाई २–० ले पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । 

सन् १९९८ को विश्वकपमा प्रवेश गरेको क्रोएसिया त्यतिबेला नै सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता क्रोएसिया सेमिफाइनलमा पुग्न सकेको छैन । विश्वकपमा क्रोएसियाले दोस्रो पटक सेमिफाइनल खेल्दैछ । 

सन् १९९० मा पछिल्लो पटक सेमिफाइनल खेलेको इङ्ग्ल्याण्ड सन् १९६६ को विश्वकप विजेता हो भने इङ्ग्ल्याण्डको यो तेस्रो सेमिफाइनल खेल हो । 

अहिले विश्वकपमा क्रोएसिया र इङ्ग्याण्ड पहिलो पटक भिड्न लागेको हो । यसअघि सन् २००४ को भएको युरोकपमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो । 

यी दुई टोलीले अहिलेसम्म सात खेल खेलेकामा इङ्ग्ल्याण्डले ४ खेल जितेको छ भने क्रोएसियाले दुई खेल जितेको छ । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ । यी दुई टोली क्रोएसिया र इङ्ग्लयाण्डका विजेताले फाइलनमा फ्रान्ससंग सामना गर्नेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!