विश्वकप सेमिफाइनल खेल सकियो, फाइनल खेल असार ३१ गते

Posted on: 12 Jul, 2018

असार २८, एजेन्सी । विश्वकप फुटबलको सेमिफाइनल खेल सम्पन्न भएको छ । मंगलबार र बुधबार भएका सेमिफाइनलका खेलबाट विश्वकप २०१८ को फाइनलमा फ्रान्स र क्रोयसिया भिड्ने भएका छन् । 

बुधबारराति भएको खेलमा इंग्ल्याण्डलाई क्रोयसियाले २-१ गोल अन्तरले पराजित गरेपछी फाइनलमा क्रोयसियाले फ्रान्ससँग खेल्ने भएको हो । इंग्ल्यान्डले क्रोएसियाविरुद्ध सुरुवाती अग्रता बनाएपनि खेलमा थप गोल गर्न सकेन । इंग्ल्यान्डका लागि कैरन ट्रिपिएरले खेलको ५ औं मिनेटमै गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए । तर क्रोयसियाले दोश्रो हाफमा बराबरी गर्दै थपिएको ३० मिनेटको समयमा थप १ गोल गर्दै इंग्ल्याण्डबिरुद्ध जित सुनिस्चित गरेको हो । 

 

क्रोएसियाका लागि खेलको दोश्रो हाफको ६८औं मिनेटमाइभान पेरिसिकले हेडर गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए भने थपिएको ३० मिनेटको समय १०९ औं मिनेटमा मारियो मान्डजुकिकले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलमा गोल हुन सकेन । यससंगै अब इंग्ल्याण्ड र बेल्जियम तेश्रो स्थानका लागि १४ जुलाईमा खेल्दैछन् भने १५ जुलाई अर्थात असार ३१ गते विश्वकप फाइनलमा फ्रान्स र क्रोएसियाबीच खेल हुने भएको छ ।

क्रोयसिया विश्वकपको इतिहाँसमा पहिलो पटक फाइनलमा पुगेको हो । यस अघि सन् १९८८ मा भएको विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!