फाइनलमा पुगेको क्रोएसियाकि राष्ट्रपति जितसंगै डान्स गर्न थालेपछि...

Posted on: 13 Jul, 2018

असार २९, काठमाडौँ | क्रोएशिया फीफा वर्ल्डकपको फाइनलमा प्रवेश गरेको राष्ट्र हो । क्वाटरफाइनलको खेलमा रुसलाई पेनाल्टीमा जितेलगत्तै क्रोयशियाकि राष्ट्रपति कोलिन्डा ग्र्याबर किट्रोविक खुशी भएर स्टेडियममै नाच्न थालिन् । 


खेल हेर्न रुस पुगेकी उनले सबै प्रोटोकल तोडेर इकोनोमी क्लासको फ्लाइटमा यात्रा गर्दै रूस पुगेकी थिइन् । खेलको क्रममा उनले आफ्नो देशको झण्डाको रंग भएको पोशाक लगाएकी थिइन् । साथै, टीमका सबै खेलाडीहरुको उत्साह बढाइन । 


रूसका प्रधानमन्त्रीको नजिक पनि उनले डान्स गरिन्: क्वाटर फाइनल खेलमा क्रोएशिया र रूसको खेल भएको थियो । उक्त खेलमा क्रोएशियाले पहिले गोल गरेको थियो त्यसपछि क्रोयसियाकि राष्ट्रपति डान्स गर्न थालेकी थिइन् । त्यसबेला रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेव पनि संगै थिए, तर कोलिंडाले आफ्नो खुसि व्यक्त गर्दै नाच्न थालेकी थिइन् । त्यसपछि उनले ड्रेसिंग रूममा गएर खेलाडीहरुसँग रमाइलो गरेकी थिइन् । कोलिंडा क्रोएशियाको पहलो महिला राष्ट्रपति हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!