आज विश्वकपको फाइनल खेल हुँदै, यस्तो छ फ्रान्स-क्रोएसियाको अघिल्ला रेकर्ड

Posted on: 15 Jul, 2018

असार ३१, काठमाडौं | रुसमा जारी विश्वकपको आज बेलुका अन्तिम अर्थात फाइनल खेल हुँदैछ । ३२ राष्ट्र बीच भएको २०१८ को विश्वकपमा ३० राष्ट्र घर फर्किसकेको अवस्थामा अब फ्रान्स र क्रोएसियाको फाइनल खेल हेर्न बाँकी छ । 

विश्वकपमा दाबेदार मानिएका अधिकांश ठूला राष्ट्र बाहिरिएर नसोचेका राष्ट्रहरुले यस पटकको विश्वकपमा इतिहाँस बनाउन सफल भएका छन् । त्यसैले पनि आजको खेल निकै महत्वपूर्ण रहनेछ । आजको खेल रुसको मस्कोस्थित लुजनिकी रंगशालामा हुँदैछ । क्रोएसिया आजको खेलबाट विश्वकप बिजेता २०१८ को इतिहाँस बनाउने दाउमा छ भने फ्रान्स दोश्रो पटक विश्व बिजेता बन्ने दाऊमा छ । 

तुलनात्मक रुपमा क्रोयशिया फ्रान्स जति बलियो नमानिएता पनि यस पटकको विश्वकपमा दावेदारहरुकै भविष्यवाणी गलत सावित हुँदा आजको खेल फ्रान्स वा क्रोएशियाको हातमा जान्छ भन्नेमा धेरैलाई अफ्ट्यारो छ । आइसल्यान्डले बराबरीमा रोकेको र फ्रान्सले ४-३ गोलले पराजित गरेको अर्जेन्टिनालाई समेत क्रोएसियाले ३–० मै रोकेको अवस्थामा क्रोएसिया कम्जोर छ भन्ने अवस्था छैन । फ्रान्ससँगको खेलमा अर्जेन्टिनाले ३ गोल गर्न सक्दा त्यहि अर्जेन्टिनालाई ३-० मै पराजित गर्न सक्ने खुवी राख्नु क्रोयशियाको सवल पक्ष हो । 

क्रोशियाको अर्को सवाल पक्ष के पनि छ भने उसले विश्वकप २०१८ मा कुनै टिमसँग हारेको छैन । त्यसो त लगातार तीन नकआउटमा जित्ने क्रममा अतिरिक्त समय खेल्दै क्रोएसियाले डेनमार्क र रुसलाई टाइब्रेकरमा पन्छाएको हो । 

विश्वकप फुटबलको नतिजाहरुलाई हेर्ने हो भने फ्रान्स २० वर्षयता विश्व फुटबलकै सबैभन्दा बलियो टिममा गनिन्छ । सेमिफाइनलमा ब्राजिललाई समेत हराउन सफल बेल्जियमलाई पराजित गर्दै फ्रान्सले आफुलाई बलियो सावित गरेकाले यो पटकको फाइनलमा फ्रान्सको दावेदारीलाई निकै उच्च बनाएको छ । 

फ्रान्स र क्रोएसियाको विगतका रेकर्ड निकाल्ने हो भने पाँचपटक आपसमा खेलेकोमा फ्रान्सले तीन खेल (सन् १९९८, १९९९ र २०००) जितेको थियो भने दुई खेल (२००४ र २०११) मा बराबरी भएको थियो । फ्रान्स विश्वकपको फाइनलमा तेस्रो पटक पुगेको हो भने क्रोयशिया पहिलो पटक फाइनल खेल्दैछ । 

विश्वकप २०१८ कै गोल अन्तरलाई हेर्ने हो भने फ्रान्सले २–१ अस्ट्रेलिया, १–० पेरु, ०–० डेनमार्क, ४–३ अर्जेन्टिना, २–० उरुग्वे र १–० बेल्जियम गरि कुल १० गोल गरेको छ ।  त्यस्तै क्रोयशियाले २–० नाइजेरिया, ३–० अर्जेन्टिना, २–१ आइसल्यान्ड, १–१ डेनमार्क (३–२ टाइब्रेकर), २–२ रुस (४–३ टाइब्रेकर), २–१ इंग्ल्यान्ड (अतिरिक्त समय) गरि १२ गोल गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!