विश्वकप फाइनल जारी: क्रोयसियाले आफ्नै कारण २ गोल खायो

Posted on: 15 Jul, 2018

असार ३१, काठमाडौँ | विश्वकप फुटबलको फाइनलमा क्रोएसिया र फ्रान्सबीच पहिलो हाफको खेल सकिएको छ । खेलमा फ्रान्स २–१ गोलको अग्रता सहित अगाडी छ । क्रोयसियाको गल्तिको परिणामले फ्रान्सले दुवै गोल गर्न सफल भएको छ । जसमा पहिलो गोल आत्मघाती रह्यो भने दोश्रो गोल डिबक्स भित्र ह्याण्ड गर्दा पेनाल्टी मार्फत भएको छ । 


खेलको ३८ औं मिनेटमा क्रोएसियाका खेलाडीले आफ्नो डिबक्सभित्र ह्याण्ड गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै फ्रान्सका एन्टोइनी ग्रिजम्यानले गोल गर्दै खेलमा २-१  अग्रतामा पुग्यो । यसअघि क्रोएसियाका इभान पेरिसिकले आकर्षक गोल गर्दै १–१ गोलको बराबरी पुर्याएका थिए । 


त्यस अघि १–० गोलले पछि परेको अवस्थामा क्रोएसियाले खेलको १८ औं मिनेटमा आत्मघाती गोल गर्दै फ्रान्सलाई अग्रता दिएको थियो । उक्त आत्मघाती गोल क्रोएसियाका मारियो मान्डजुकिकले फ्रीकिक बचाउने क्रममा हेड मार्फत गरेका थिए । 


तुलनात्मक रुपमा क्रोयशिया फ्रान्स जति बलियो नमानिएता पनि यस पटकको विश्वकपमा दावेदारहरुकै भविष्यवाणी गलत सावित हुँदा आजको खेल फ्रान्स वा क्रोएशियाको हातमा जान्छ भन्नेमा धेरैलाई अफ्ट्यारो छ । आइसल्यान्डले बराबरीमा रोकेको र फ्रान्सले ४-३ गोलले पराजित गरेको अर्जेन्टिनालाई समेत क्रोएसियाले ३–० मै रोकेको अवस्थामा क्रोएसिया कम्जोर छ भन्ने अवस्था छैन । फ्रान्ससँगको खेलमा अर्जेन्टिनाले ३ गोल गर्न सक्दा त्यहि अर्जेन्टिनालाई ३-० मै पराजित गर्न सक्ने खुवी राख्नु क्रोयशियाको सवल पक्ष हो । 

क्रोशियाको अर्को सवाल पक्ष के पनि छ भने उसले विश्वकप २०१८ मा कुनै टिमसँग हारेको छैन । त्यसो त लगातार तीन नकआउटमा जित्ने क्रममा अतिरिक्त समय खेल्दै क्रोएसियाले डेनमार्क र रुसलाई टाइब्रेकरमा पन्छाएको हो । 

विश्वकप फुटबलको नतिजाहरुलाई हेर्ने हो भने फ्रान्स २० वर्षयता विश्व फुटबलकै सबैभन्दा बलियो टिममा गनिन्छ । सेमिफाइनलमा ब्राजिललाई समेत हराउन सफल बेल्जियमलाई पराजित गर्दै फ्रान्सले आफुलाई बलियो सावित गरेकाले यो पटकको फाइनलमा फ्रान्सको दावेदारीलाई निकै उच्च बनाएको छ । 

फ्रान्स र क्रोएसियाको विगतका रेकर्ड निकाल्ने हो भने पाँचपटक आपसमा खेलेकोमा फ्रान्सले तीन खेल (सन् १९९८, १९९९ र २०००) जितेको थियो भने दुई खेल (२००४ र २०११) मा बराबरी भएको थियो । फ्रान्स विश्वकपको फाइनलमा तेस्रो पटक पुगेको हो भने क्रोयशिया पहिलो पटक फाइनल खेल्दैछ । 

विश्वकप २०१८ कै गोल अन्तरलाई हेर्ने हो भने फ्रान्सले २–१ अस्ट्रेलिया, १–० पेरु, ०–० डेनमार्क, ४–३ अर्जेन्टिना, २–० उरुग्वे र १–० बेल्जियम गरि कुल १० गोल गरेको छ ।  त्यस्तै क्रोयशियाले २–० नाइजेरिया, ३–० अर्जेन्टिना, २–१ आइसल्यान्ड, १–१ डेनमार्क (३–२ टाइब्रेकर), २–२ रुस (४–३ टाइब्रेकर), २–१ इंग्ल्यान्ड (अतिरिक्त समय) गरि १२ गोल गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!