विश्वकप २०१८ को गोल्डेन बल 'मोडरिक'लाई, गोल्डेन बुट र ग्लोब क-कसले पाए ?

Posted on: 15 Jul, 2018

असार ३१, काठमाडौँ | रसियामा सम्पन्न विश्वकप २०१८ को गोल्डेन बल क्रोएसियाका कप्तान लुका मोडरिकले जितेका छन् । उनी विश्वकपकै उत्कृष्ट खेलाडी बनेका हुन् ।

मोडरिकको टिमले आइतबार भएको फाइनल खेलमा फ्रान्ससँग ४-२ गोल अन्तरले पराजित भएको थियो । हारका बाबजुत उनको खेल विश्वकप २०१८ कै उत्कृष्ट रह्यो । सन् २०१४ को विश्वकपमा मेस्सीको टिम अर्जेन्टिनाले फाइनलमा जर्मनीसँग हार्दा अर्जेन्टिनाका स्टार लिओनल मेस्सीले गोल्डेन बल पाएका थिए । 

यस्तै विश्वकप २०१८ को गोल्डेन बुट इंग्ल्याण्डका ह्यारी केनले जितेका छन् । विश्वकपमा सर्वाधिक गोल गर्नेलाई दिने गरिएको गोल्डेन बुट ह्यारी केनले पाएका हुन् । उनले ६ गोल गरे । केनले टिम इंग्ल्याण्ड सेमिफाइनलमा क्रोयसियासँग हारेको थियो भने तेश्रो स्थानका लागि बेल्जियमसँग हार्दै विश्वकप २०१८ को चौथो स्थानमा रह्यो । 


यस्तै विश्वकप २०१८ को गोल्डेन ग्लोब बेल्जियमका गोलरक्षक थिबोउट कोर्टियसले जितेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!