तेक्वान्दो खेलाएर स्वरोजगार बनिन् सेकेन्डन सपना

Posted on: 31 Jul, 2018

प्रेम सुनार | साउन १५, गुल्मी | गुल्मीको सदरमुकाम तम्घासकी सपना सारु  डब्लुटिएफ तेक्वान्दो खेलकी सेकेन्डन डन खेलाडी हुन । उनले गत सात वर्ष अघि देखि साना भाई वहिनीहरुलाई सोही खेल सिकाएर स्वरोगार बन्दै  क्याम्पस अध्यान समेत गर्दै छन् ।

पछिल्लो चरण यस खेलको स्कोप गुल्मीमा बढ्दै गएको र अहिले ५० देखि ६० जना सम्मलाई सिकाउँदै गरेको उनले बताईन ।   पाँच वर्ष देखि माथी भाई वहिनीहरु उत्साह पुर्वक उक्त खेल सिकी रहेका छन ।

गुल्मीमा १२ वर्ष अघि अर्को आईटिएफ तेक्वान्दो खेल भित्राउने थर्ड डन खेलाडीद्धय हुन नवराज खरेल र भिम ज्ञवाली । उनिहरु पनि त्यसै खेल सिकाएर स्वरोजगार बनेका छन । यी दुवै तेक्वन्दो प्रति विशेष गरी किशोर किशोरी आकर्षित हुँदै आएका छन । 


माथिको तस्वीरमा: सपना सारुले सिकाउँदै गरेका वालवालिकाहरु । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!