अन्तराष्ट्रिय च्याम्पीयनशिप खेलाडी आर्थिक संकटमा

Posted on: 31 Jul, 2018

प्रेम सुनार | साउन १५, गुल्मी | आईटिएफ तेक्वान्दोका सेकेन्ड डन गुरु हुन उनि । विहानमा खेलाडीहरुलाई उक्त खेल सिकाउँदै गरेको हुन्छन भने दिउँसोमा  विभिन्न घरहरुमा रंग रोवन गर्दै गरेको अवस्थामा भेटिन्छन । उनि हुन गुल्मीको सदरमुकाम तम्घासका २० वर्षिय विरेन्द्र कुँवर ।

केहि दिन अघि काठमाण्डौमा सम्पन्न छैठौं दक्षिण एशियाली आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक विजेता हुन उनि । त्यसो त  गत सात वर्ष देखि देशका थुप्रै प्रतियोगितामा उनले थुप्रै स्वर्ण र विभिन्न पदकहरु प्राप्त गरेर गुल्मीको शान राख्दै आएका छन ।  उनि भन्छन–‘ अरु धेरै गर्नु थियो तर आर्थिक समास्या तगारो बनेको छ । ’

उनले थपे –‘ यस खेललाई अगाडी बढाउन निकै रहर छ तर दैनिक गुजरा चलाउन खेल खेलुकी काम गर्न जाउँ ? समस्यामा परेको छु । बुढाबुढी बाबु आमा उनकै पाखुराको भरमा तम्घासको एक कच्चीघरमा बस्दै आएका छन । 

उनका गुरु नवराज खरेल र भिम ज्ञवाली भन्छन–‘ खेल प्रेमीहरुले उनको क्षमता बृद्धिका लागि आर्थिक सहयोग संकलन गरी दिए उनले गुल्मीको शानत थप उचाईमा पुराउने थिए , यसर्थ हामी सहयोगको अपिल गर्दछौं । ’

यस बिषयमा तपाइको प्रतिक्रिया...!