एकदिवसीय क्रिकेटमा नेपालको डेब्यू खेल: नेपाल नेपालल्याण्ड्सँग ५६ रनले पराजित

Posted on: 01 Aug, 2018

साउन १६, काठमाडौं । पहिलो एकदिवसीय क्रिकेट खेलमा बुधबार नेपाल नेदरल्याण्डसँग ५६ रनले पराजित भएको छ । सुरुवातमा आकर्षक खेलेको नेपालले पछी सम्हालिएर खेल्न नसक्दा ४१.५ ओभरमा सबै विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । नेपालल्याण्ड्सँग ले पराजित हुन पुगेको हो ।

१९० रनको लक्ष्य पछ्याएको नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । अनिलले व्यक्तिगत २१ रन जोडेका थिए भने ज्ञानेन्द्रले अर्ध सतक जोड्दै ५१ रन बनाएका थिए ।

त्यसपछि नेपालका खेलाडीले ठूलो साझेदारी खेल्न सकेनन् । दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का आउट भए भने थप दुई रन जोड्दा ज्ञानेन्द्र मल्ल पनि पभेलियन फर्किए ।

त्यस्तै आरिफ शेख पनि सस्तैमा आउट भए । छैटौं नम्बरमा आएका सोमपाल कामी पनि बिना रन आउट भए । छैटौं विकेटका रुपमा बसन्त रेग्मी आउट हुँदा नेपालको स्कोर १०६ रन थियो ।

त्यसपछि आएका दिपेन्द्र सिंह ऐरीले ३३ रन जोडेर आउट भए । 

यस अघि पारसखड्काले ४ विकेट र सोम्पाल कामीले ३ विकेट लिएका थिए । नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोजेको थियो  । घरेलु टोली ४७.४ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनाएको थियो । उसका लागि रिपोनले सर्वाधिक ५१ रन बनाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!