एकदिवसीय क्रिकेट: सोमपाल कामी र पारस खड्काको अर्ध सतक, नेदरल्याण्डलाई २१७ रनको लक्ष्य

Posted on: 03 Aug, 2018

साउन १८, काठमाडौं । नेपालले एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्स;लाई २१७ रनको लक्ष्य दिएको छ । नेपालले ४८.५ ओभरको खेलमा अलआउट हुँदै उक्त लक्ष्य प्रस्तुत गरेको हो । 

नेपालका लागि नवौं विकेटको रुपमा सोमपाल कामीले सर्वाधिक ६१ रन बनाएका थिए । कामीले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै निकै कमजोर लयमा ब्याटिङ स्कोर बनाएको नेपाललाई चित्त बुझ्दो स्कोरमा पुर्याएका थिए । त्यस्तै नेपालका लागि कप्तान पारस खड्काले पनि अर्ध सतक पुरा गरे, खड्काले ६९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५१ रङ बनाएका थिए ।


त्यस्तै, नेपालका लागि सुवास खकुरेल र दिपेन्द्र सिङ ऐरीले समान १९/१९ रन बनाए भने आरिफ शेखले १६ रन, ज्ञानेन्द्र मल्लले १३ रन, सन्दिप लामिछानेले ८ रन, रोहित पौडेलले ६ रन, अनिल साहले ४ रन, ललित भण्डारीले ४ रन र बसन्त रेग्मीले १ रन बनाएका थिए । 

खेलमा नेदरल्याण्डको लागि फ्रेड क्लासेनले ३ विकेट, मिचेल रिप्पोन र पिटर सिलारले समान २/२ विकेट र सेन स्नातेर र पउल वान मिकेरेनले १/१ विकेट लिएका थिए । 

नेपालले एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको हो । सिरिजको पहिलो खेलमा नै नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले बराबरी बनाउनका लागि पनि यो खेल जित्नै पर्ने हुन्छ । ऐतिहासिक पहिलो खेलमा नेदरल्यान्डले नेपाललाई बुधबार ५५ रनले पराजित भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!