अध्यक्ष प्रचण्डद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

Posted on: 04 Aug, 2018

साउन १९, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा पहिलो जीत हात पार्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । 

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिलो पाइला निकै उत्साहजनक र प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले शुक्रबार राति नेदरल्याण्ड्सविरुद्ध नेपालले ऐतिहासिक जीत हासिल गर्न सफल भएबाट विश्व क्रिकेटमा समेत नेपालले गौरवपूर्ण इतिहास बनाउने आशा झनै बलियो भएको बताउनुभएको छ । 

अध्यक्ष दाहालले भन्नुभएको छ, “नेपाली क्रिकेट टोलीका यो जीतका लागि कप्तान पारस खड्कादेखि सम्पूर्ण टोली, प्रशिक्षक र विश्वभरीका नेपालीमा हार्दिक बधाई तथा भविष्यमा अझै राम्रो खेलको आशासहित शुभकामना व्यक्त गर्दछु ।” रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!