दिप्रुङले बनायो ६ वडामा अन्तर्राष्ट्रिय मापदण्डको खेलमैदान

Posted on: 08 Aug, 2018

चिसाङ शेर्पा | साउन÷२३  खोटाङ | दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ६ वडामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटबल खेलमैदान निर्माण गरेकोे छ । खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउन गाउँपालिकाको लगानीमा फुटबल खेलको लागि खेलमैदान बनाइएको हो ।

गाउँपालिकाको वडानम्बर २ डाँडागाउँमा एकसय मिटर लम्बाइ ६५ मिटर चौडाइ, छितोपोखरीमा एकसय मिटर लम्बाइ ६५ मिटर चौडाइ, बतासेमा एकसय मिटर लम्बाइ ६५ मिटर चौडाइ, टेम्मामा ९० मिटर लम्बाइ ४० मिटर चौडाइ, याम्खामा ९० मिटर लम्बाइ ३० मिटर चौडाइ भएको फुटबल खेलमैदान निर्माण गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले जानकारी दिनुभयो । टेम्मा र याम्खाको मापदण्ड अनुसारको खेलमैदानको थप काम भईरहेको छ । सप्तेश्वर छितापोखरीमा भने धमाधम काम भईरहेको गाउँपालिका प्रमुख राईको भनाई छ । 

गाउँपालिकाले १०÷१० लाखको लगानीमा निर्माण गरेको खेलमैदानमा त्यहाँका युवाहरुले आफ्नो क्षमता प्रर्दशन गरेर राम्रो राष्ट्रिय स्तरको खेलाडी उत्पादन हुने अनुमान गरिएको छ । निर्माण सम्पन्न भएको खेलमैदानमा निकट समयमा राष्ट्रियस्तरको फुलबल प्रतियोगिता गराएर उद्घाटन गरिने गाउँपालिकाले जनाएको छ । ६ वटा खेलमैदानमा प्रत्येकमा एक÷एक वटा गेम गराउने गाउँपालिकाको योजना छ । 

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार फुटबल खेलमैदान हुनका लागि १ सय १० मिटर लम्बाई हुंदा र ७५ मिटर चौडाई तथा एकसय मिटर लम्बाई हुंदा ६४ मिटर चौडाइको आवाश्यकता हुन्छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!