साफ च्याम्पियनसिप फुटबल: अन्तिम मिनेटमा पाकिस्तानसँग नेपाल पराजित

Posted on: 04 Sep, 2018

भदौ १९, बंगलादेश | साफ च्याम्पियनसिप अन्तर्गत मंगलबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएको छ । 

बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको समूह 'ए' को पहिलो पाकिस्तानले पेनाल्टी मार्फत गोल गर्दै अग्रता लिएको थियो । नेपालका कप्तान विराज महर्जनले पाकिस्तानको पेनाल्टी एरियामा फाउल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । पहिलो हाफको खेल पाकिस्तानकै अग्रतामा सकियो । 


त्यसपछि नेपालका लागि दोस्रो हाफमा विमल घर्ती मगरले गोल फर्काउदै बराबरीमा ल्याएका थिए । 

तर खेलको अन्तिम समयमा पाकिस्तानले गोल गर्न पुग्यो ।  खेलमा पाकिस्तानलाई जित दिलाउने क्रममा मोहम्मद अलीले ९६ औं मिनेटमा हेड मार्फत गोल गरेका थिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!