युएस ओपनः नाडाल सेमिफाइनलमा प्रवेश

Posted on: 05 Sep, 2018

भदौ २०, न्यूयोर्क । युएस ओपन लनटेनिस प्रतियोगिता अन्तर्गत बुधबार खेलिएको खेलमा राफेल नाडाल सेमिफाइनलमा प्रवेश गरेका छन् । युएस ओपनका वर्तमान च्याम्पियन नाडालले डोमिनिक थाइमलाई ३–२ सेटको अन्तरले पराजित गरे ।

करिब ४ घण्टा ४९ मिनेटको सङ्घर्षपूर्ण उक्त खेलमा नाडालले थाइमलाई ०–६, ६–४, ७–५, ६–७ र ७–६ सेटमा पराजित गरेका हुन् । योसँगै नाडाल सातौं पटक युएस ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । विश्व नं. १ खेलाडी नाडाल चौथो पटक युएस ओपन जित्ने प्रयासमा छन् । उनले हालसम्म १८ वटा ग्रान्डस्लाम उपाधि जितिसकेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!