साफ सेमिफाइनल: नेपाललाई ३-० गोलले पराजित गर्दै माल्दिभ्स फाइनलमा

Posted on: 12 Sep, 2018

भदौ २७, ढाका । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले फाइनल यात्रा तय गरेको छ ।

आज भएको सेमिफाइनल खेलमा माल्दिभ्सले खेलको ९ औं मिनेट पहिलो गोल, ८४ औं मिनेटमा दोश्रो गोल र ८६ औं मिनेटमा तेश्रो गोल गर्दै साफ च्याम्पियनशिपको फाइनलमा प्रवेश गरेकोई हो  । 

बंगलादेशको बंगबन्धु राष्ट्रिय रंगशालामा सुरु भएको खेलमा नेपालको कप्तानी भरत खवासले सम्हालेका थिए । नेपाल माल्दिभ्सलाई पराजित गर्दै २५ वर्षे साफ इतिहासमा पहिलो पटक फाइनलमा पुग्ने रणनीतिमा बनाएको थियो तर सेमिफाइनलमै रोकिन पुगेको छ ।

खेल सुरु भएको २७ औं मिनेटमा भारी बर्षाको कारण रोकिएको थियो, जति बेलासम्म माल्दिभ्सले १ गोलले अग्रता लिन पुगेको थियो । खेलको नवौं मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीले गोल गर्दै १-० गोलको अग्रता दिलाएका थिए । उनले उत्कृष्ट फ्रिकिकबाट गोल गरेका थिए । 

खेलमा नेपालले माल्दिभ्सलाई धेरै दवावमा राख्ने कोसिस गरेपनि नेपालले कुनै गोल गर्न भने सकेन ।  यसैबीच खेलको ८४ औं मिनेटमा माल्दिभ्सले अर्को गोल थप्दै फाइनल यात्रा सुनिस्चित गर्यो । जुन गोल माल्दिभ्सका लागि इब्राहिम वाहिद हसनले गरेका थिए । लगत्तै अर्को गोल पनि इब्राहिम वाहिद हसनले ८६ औं मिनेटमा गरेर माल्दिभ्सलाई ३-० गोल अग्रतामा बलियो बनाइदिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!