फुटवलमा सेनालाई हराएको रुपन्देही उपल्लो तम्घाससंग हार्यो

Posted on: 23 Sep, 2018

प्रेम सुनार | असोज ७, बुटवल | संविधान दिवसको दिन देखि  गुल्मीको सदरमुकाम तम्घासमा रेसुङ्गा नगरपालिकामा  क्रियाशिल अनटेष्ट युवा क्लवले आयोजना गरेको अनटेष्ट फुटवल प्रतियोगिता–२०७५ आज सम्पन्न भएको छ ।

कुल १७ टिम संग जुत्दै तेश्रो राउण्डको खेलमा पछ्याई रहेको नेपाली सेना बिरभद्रजंग गुल्मी धागिथु ब्यारेकको टिमलाई समेत पछार्दै फाईनलमा पुगेको रुपन्देशी ११ को टिम अन्ततः गुल्मी स्थित उपल्लो तम्घासको गोल्डेन युवा क्लवको टिम संग हार ब्यहोनु परेको छ ।

दुई खेलमा बराबरीको टक्कर पछि अन्तिम खेलमा पेनाल्टी हुट पाए पछि गोल्डेन  युवा क्लव उपल्लो तम्घासले जित हाता पारेको हो । प्रथम  हुने उक्त क्लवले ५० हजार राशीको नगद पुरस्कार , मेडल र प्रमाण पत्रा प्राप्त गर्ने छन । यो खेलको पुरस्कार राशी जिल्ला कै दोश्रो राशी हो । यस अघि त्यसै कल्वले प्रथम पुरस्कार राशी ७० हजार राखेको थियो ।

दृतिय  हुने टिमले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छ । तेश्रो पुरस्कारका लागि   तम्घासको रेसुङ्गा  युवा क्लव र  पुलचोक स्र्पोट क्लवले प्रतिष्पर्धा गरेरनन  । उनिहरुले दुबै तेश्रो हुने गरी १० ÷ १० हजार नगद पुरस्कार लिने  सम्झौता गरेका थिए ।


उत्कृष्ट खेलाडीहरुको उद्घोष यति बेला चिदिचौर स्थित खेल मैदानको मञ्चबाट हुँदैछ । समापन समारोहमा रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालको प्रमुख आथ्यिता रहेको थियो ।  नेकपाका नेता वोमबहादुर खड्का, कांग्रेस नेता भुवनप्रसाद श्रेष्ठ लगायतको बिशोष आथ्यिता रहेको थियो । प्रतियोगताको सयोजन आयोजक क्लवका अध्यक्ष गोबिन्द पाण्डेले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!