नेपालद्वारा श्रीलङ्का १–० गोल अन्तरले पराजित

Posted on: 27 Sep, 2018

असोज ११, काठमाडौँ | भारतमा जारी ४६आँै एसियन यु–१८ स्कुल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ । 

भारतको आग्रामा जारी उक्त च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको हो । नेपालको जितमा जय गुरुङ नायक बने । उनले खेलको ३५औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक सावित भयो । 

नेपालले उक्त च्याम्पियनसिपमा यसअघि खेलका पाँचमध्ये तीन खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो । समूह ‘ए’मा रहेको नेपालले चीनलाई ३–१ र अफगानिस्तानलाई १३–१ ले पराजित गरेको थियो भने थाइल्याण्डसँग २–० र इण्डोनेसियासँग २–१ ले पराजित भएको थियो । नेपालले शुक्रबार भारतसँग खेल्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!